back
CTIZAN AD

झोलामा प्रेमिकाको हात बोकेर हिड्ने रसीयाली प्राध्यापक पक्राउ

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1.3K 

shares

२६ कात्तिक, मस्को । आफ्नै प्रेमिकाको हत्या गरेर झोलामा उनको हात बोकेर हिडेका प्राध्यापक पक्राउ परेका छन् । यस्तो अपराध गरेका हुन् रसियाका एक प्राध्यापकले ।

इतिहास विषय पढाउने ६३ वर्षीय ओलेग सकोलभ नाम गरेका ती प्राध्यापकले आफ्नी प्रेमिकाको हत्या गरेर झोलामा हात बोकेर फाल्न जाने क्रममा पक्राउ परेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

उनले आफ्नै प्रेमिका तथा पूर्वविद्यार्थी अनासटासिया यसचेन्को हत्या गरेको खुलेको छ । मदिराले लठ्ठ परेका उनी प्रेमिकाको हात बोकेको झोलासहित खोलामा लडेका थिए । उनी पक्राउ परे पश्चात प्रहरीले उनको घरमा खोजतलाश गर्दा ती प्रेमिकाको शरीर क्षत विक्षत हुने गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

उनले आफ्नो अपराध स्विकार्दै विवाद भएपछि प्रेमिकाको हत्या गरेको प्रहरीलाई बताएका छन् । उनले हत्या गरेपछि प्रेमिकाको हात खुट्टा काटेको बयान समेत दिएका छन् ।

फ्रान्सको इन्स्च्यिुट अफ सोसद साइन्स, इकोनोमिक्स एन्ड पोलिटिक्स ( इसेप) नामक बैज्ञानिक समितिको सदस्य समेत रहेका साकोलभलाई उक्त घटनापछि समितिबाट हटाएको जनाइएको छ ।

फ्रान्सेली शाषक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ तथा उनी सम्बन्धी थुप्रै किताव लेखेका प्राध्यापक साकोलभले फ्रान्सको सर्वोच्च पुरस्कार समेत पाएका थिए ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०९:१९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...