back
CTIZAN AD

दराज अनलाइनविरुद्ध उजुरी, छानबिन सुरु

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

783 

shares

२६ कात्तिक । अनलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको उजुरी परेको छ । दराजमार्फत अर्डर गरिएको सामान अनलाइनमा देखिँदा एउटा तर ग्राहकको घरमा आइपुग्दा फरक आउने गरेको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानविन सुरु गरेको हो ।

विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालयमा अनुगमन गरी दराजका सञ्चालकलाई २४ घण्टा भित्र उपस्थित हुन पुर्जी काटेको थियो । विभागका अनुगमन शाखा अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार सामान फरक पर्ने गरेको भन्ने उजुरीका आधारमा विभागले छानविन अघि बढाएको हो ।

विभागले पुर्जी काटेपछि दराजका प्रतिनिधि विभागमा आएर छलफल गरेका थिए । दराजका प्रतिनिधिले आफूहरु बिक्रेता नभइ सहजकर्ता मात्रै भएको जानकारी गराएको विभागका निमित्त महानिर्देशक नोखबहादुर बस्यालले जानकारी दिए । उनीहरुले आफ्नो वेबसाइटमा सामान बिक्रीका लागि राखेको नभइ अन्य विक्रेताले आफ्नो वेबसाइट प्रयोग गरी सामान बिक्री गरेको बताएका थिए ।
अनुगमनमा कैफियत भेटिए कारवाही हुने निमित्त महानिर्देशक बस्यालले बताएका छन् ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०८:४९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...