back
CTIZAN AD

निर्वाचन सकिएको एकमहिनापछि यस्तो खुलासा गरे कुल आचार्यले

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1.4K 

shares

२६ कात्तिक, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न निर्वाचनमा अध्यक्षमा निकटतम् प्रतिद्धन्द्धी भएर पराजित भएका उम्मेदवार कुल आचार्यले निर्वाचन सम्पन्न भएको एक महिना वित्नै लाग्दा निर्वाचन परिणामप्रति नै असहमति जनाएको संकेत दिएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा मंगलबार आफ्ना भनाई राख्दै निर्वाचनका बेला कस्तो वातावरण बनाइयो र कसरी नतिजा घोषणा गरियो भन्ने कुरा विस्तारै खुल्दै जाने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘चुनावमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरुको मन र मत जित्न सफल भएकोमा म ढुक्क छु । कस्तो वातावरणमा चुनाव गराइयो र कसरी नतिजा घोषणा गरियो भन्ने कुरा विस्तारै खुल्दै जाला, अहिले त्यो भन्दा बढी न भनौं ।’
संघको नयाँ कार्यसमितिले आफ्ना योजना अगाडि सारिरहेको तथा जित्ने साथीहरुले विजयी उत्सब मनाइरहेको अवस्थामा संघमा हालै आफ्नो सक्रिय कार्यकारी भूमिका केही पनि नभएको र ६ महिनादेखि थाति रहेको काम र परिवारका लागि समय दिइरहेको आचार्यले उल्लेख गरेका छन् ।

‘संघमा अहिले मेरो कुनै सक्रिय कार्यकारी भूमिका छैन् । नयाँ कार्यसमितिले आफ्ना योजनाहरु अगाडी सारिरहेको छ । जित्ने साथीहरुका उत्सव सकिएका छैनन् । मैले संयम र धैर्य कायम गर्नु मेरो कर्तब्य ठानेको छु । एकाध पारिवारिक जमघट बाहेक अन्य कार्यक्रमहरुमा गएको छैन । मेरा बिगत ६ महिनादेखि थाती रहेका परिवार तथा व्यवसायजन्य कामहरुलाई समय दिइ रहेको छु ।’ आचार्यले भनेका छन् ।

गैरआवासीय नेपाली संघको चुनाव सम्पन्न भएसंगै भोलिपल्ट नै काठमाडौँमै धन्यवाद ज्ञापन कार्यक्रम आयोजना समेत गरेका आचार्यले चुनावमा संसारभरिबाट आएका एनआरएन साथीहरुको मन र मत जित्न सफल भएकोमा आफू ढुक्क भएको समेत बताएका छन् ।

‘केही साथीहरु, जो चुनावमा भावनात्मक रुपमा नै लाग्नु भएको थियो, वहाँहरुले विगत झैँ सक्रिय बनोस्, सबैको नेतृत्व गरोस् भन्ने चाहना राख्नु भएको छ । हामीसँग बसेर मन्थन गर्दियोस्, हाम्रा पीडा बुझीदियोस् भन्ने मनसाय राख्नु भएको छ, यो माया र चाहप्रति म नतमस्तक छु’ आचार्यले भनेका छन्, ‘म कहिँ हराएको छैन । गैर आवासीय नेपालीहरुका मुद्दालाई सशक्त रुपमा गति दिन सधैं मेरो साथ र समर्थन रहने छ ।’

सामाजिक कामहरुमा आफ्नो सक्रियता कम नहुने बरु अरु बढ्ने बताएका उनले भनेका छन्, ‘सबै एनआरएनहरु अटाउने संगठन बनाउने मेरो अभियानमा साथ, सहयोग र समर्थन गर्ने सबै मित्रहरु प्रति फेरी एकपटक हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु । आगामी दिनहरुमा पनि तपाई सबैको स्नेह र सद्भाव प्राप्त भै रहने विश्वास लिएको छु ।’

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १३:५९ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...