back
CTIZAN AD

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

780 

shares

२६ कार्तिक, मेक्सिको सिटी  । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ ।

विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गरेका हुन् ।

उनले भने, “मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । आवश्यकतामा मानवीयता र इमान्दारिता प्रदर्शन गर्दै बोलिभियाली नेतालाई शरण दिने निर्णय सोमबार सरकारले गरेको हो ।”

मोरालेसलाई शरण दिने कुरा बोलिभियाली विदेश मन्त्रालय, अमेरिकी राज्यहरूका साथै मेक्सिकोको सिनेट र संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराइने विदेशमन्त्री एब्राडले बताए ।

मोरालेसको सन् २०२० को जनवरीमा कार्यकाल सकिने भएपनि बोलिभियाली सेनाले राजिनामा दिन लगाएपछि उनले राजिनामा दिएको मेक्सिकोले जनाएको छ । यसलाई मेक्सिकोले ‘कु’ (सैनिक विद्रोह) को सज्ञा दिएको छ ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १३:३१ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...