back
CTIZAN AD

नेपालकै प्रशिद्ध मानिएको पेडा व्यवसाय यसरी लाग्दैछ ओरालो

वि.सं.२०७६ कात्तिक २७ बुधवार

2.6K 

shares

२७ कात्तिक, वीरगञ्ज । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेका सप्तरीको बरमझियामा रहेको पेडा व्यवसाय दूधको अभावमा प्रभावित हुन थालेका छन् ।

पेडा बनाउनको लागि अति उपयुक्त मानिने भैँसीको दूध मागअनुसारको आपूर्ति नभएपछि नेपालमै प्रसिद्ध मानिएको सप्तरीको पेडा ब्यवसाय ओरालो लाग्न थालेको व्यवसायीहरू बताउँछन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–२ बरमझियादेखि महादेवपट्टिसम्म करीब एक किलोमिटरको दूरीमा १५० वटासम्म पेडाका पसल छन् । ती पेडा पसलमा दैनिक रु १७ लाख मूल्य बराबरको ८० मन दूध खपत हुने गरेको व्यवसायीको भनाइ छ ।

दैनिक करीब रु १० लाख मूल्य बराबरको पेडा बिक्री हुन्छन् भने यस व्यसायको कारण करीब दुई हजार कामदार प्रत्यक्षरुपमा रोजगारी पाएको छ । पेडा व्यवसायको कारण दैनिक एक हजार किसान दूध बेचेर आर्थिक लाभ लिने गरेका छन् ।

करीब ८० वर्षको लामो इतिहास बोकेको पेडा व्यवसायको शुरुआत वैद्यनाथ साहले गरेको भए पनि अहिले देखासिखी गर्दै सोही मिल्दोजुल्दो नामको करीब १५० पेडा पसल रहेको भन्दै सामाजिक अभियन्ता पीताम्बर कर्ण भन्छन, “अहिले पेडामा म्याद गुज्रिएको ग्लुकोज बिस्कुट, तेखुरजस्ता पदार्थ मिसाउने गरेकाले स्वादिलो नदेखिएकाले यसले आफ्नो साख गुमाउँदै गएको छ ।”

सञ्चालनमा रहेका पेडा पसलमा मागअनुसारको दूध आपूर्ति हुन नसक्दा पेडा उत्पादन घटेको पेडा व्यवसायी राजकुमार साहले बताए । पेडा बनाउनको लागि गाईको दूधभन्दा भँैसीको दूध आवश्यक रहेकाले पेडाको खपत बढ्दै गएको भए पनि दूध उत्पादन विस्तारै घट्दै गएकाले मागअनुसारको दूध आपूर्ति हुन नसक्दा यो व्यवसाय प्रभावित हुने गरेको अर्का व्यवसायी दयाराम साहको भनाइ छ ।

दशैँदेखि छठसम्म पेडाको माग अत्यधिक हुने र यो समयमा व्यापार पनि राम्रो हुने भए पनि दूधको अभावका कारण सोचेजस्तो यसपाली व्यापार हुन नसकेको अर्का व्यावसायी चन्देप्रसाद साहको भनाइ छ । आफ्नो पसलमा दैनिक १०० देखि १५० लिटर दूध खपत हुँदै आएकोमा हाल त्यति परिणमको दूध पाउन कठिनाइ भएको छ”, पेडा व्यवसायी शनिचरण साह भन्छन, “भैँसीको दूधको अभाव भएपछि हाल सप्तरी, सिरहा, सुनसरी, उदयपुर तथा भारतको डगमाराबाट दूध ल्याएर व्यापार गर्नुपर्दछ ।”

जिल्लामा सरकारीस्तरबाट भँैसीभन्दा जर्सीगाई पालनलाई बढी जोड दिने गरेकाले किसान कमै मात्रामा भँैसीपालन गर्ने गरेको छ । यसकारण भैँसीको दूधको अभाव देखिएको छ । दूधको अवस्थामा सुधार नआए पेडाको गुणस्तरमा समेत ह्रास आउने सम्भावना प्रवल रहेकाले यसतर्फ सम्बन्धित निकाय तथा प्रदेश सरकारले समयमा ध्यान पु¥यानुपर्ने आवश्यकता रहेको पेडा व्यवसायीको भनाइ छ ।

पेडाको शुद्धता र गुणस्तरबारे विराटनगरबाट खाद्य तथा गुणस्तर नियन्त्रण टोली बेलाबेलामा आएर परीक्षण गर्ने नाममा सबै पसलबाट एक एक किलो पेडा लग्ने गर्दछ तर उक्त पेडाको गुणस्तरबारे रिपोर्ट नदिएकै कारण उपभोक्ता ठगिँदै आएका देखिन्छन् । झोलामा लिएर बस÷बसमा बेच्ने पेडा कम गुणस्तर तथा कम तौलको भए पनि सम्बन्धित निकाय मौन रहेकाले यस्ता खालको पेडाको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएको देखिन्छ ।

बरमझियामा रहेको पेडा व्यवसायीबीच व्यापार प्रतिस्पर्धा रहेकाले कतिपय पसलेले रात्रि बसलाई आफ्नो पक्षमा पारेर रकम दिने पसल अगाडि बस रोकिने गरेकाले यात्रु ठगिनुको साथै कम गुणस्तरको पेडा खान बाध्य भएको देखिन्छ । कुनै बेला कोशेलीको लागि बरमझियाको पेडाले नाम पाए पनि अहिले सो व्यवसायी मुनाफामुखी भएकाले गुणस्तर खस्किँदै गएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा समेत लोकप्रिय रहेको बरमझियाको पेडाको गणस्तर तथा तौलमा एकरुपता नआएकाले उपभोक्ता चर्को मूल्यमा पेडा लिन बाध्य भएका छन् । पेडा व्यवसायलाई प्रोत्साहन गर्नका लागि प्रदेश सरकारले विशेष प्याकेट कार्यक्रम ल्याएर भैँसीपालन व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने माग किसानको छ । (रासस)

वि.सं.२०७६ कात्तिक २७ बुधवार ११:४९ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...