back
CTIZAN AD

त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदन

वि.सं.२०७६ कात्तिक २७ बुधवार

786 

shares

२७ कात्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

यस वर्र्ष हुने ४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । गत वर्ष नौ हजार ५०४ विद्यार्थी दीक्षित भएका थिए । “अनलाइनबाट फाराम भर्न थालेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भएको छ”, उनले भने, “गत वर्षभन्दा यस वर्र्ष हजार विद्यार्थी बढीले आवेदन दिएका छन् ।” पहिले त्रिविस्थित परीक्षा नियन्त्रण कार्यालयमा आएर विद्यार्थीले आवेदन दिने गर्दथे ।

उनका अनुसार अनलाइनमा फाराम भर्नुभन्दा अगाडि करीब सात हजारको सङ्ख्यामा विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने गरेका थिए । आवेदन दिएको उजुरीमाथि सुनवाइ गरी त्रिविले अन्तिम नामावली प्रकाशन गर्ने गर्दछ । सन् २०१८ जुन १५ देखि २०१९ जुन १४ सम्म लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) लिएका विद्यार्थी समारोहमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

सदस्य सचिव अधिकारीका अनुसार त्रिविले ७० हजार ७० विद्यार्थी समारोहमा समावेश गरेको थियो तर तीमध्ये सात गुणा कम अर्थात् १० हजार विद्यार्थी मात्र सहभागी हुने भएका छन् । आगामी पुस ३ गते हुने समारोहमा छ हजार ९०० अभिभावकसमेत सहभागी हुने सदस्य–सचिव अधिकारीले बताए । सहभागी प्रतिअभिभावकका लागि रु ३०० तोकिएको छ ।

त्रिविले स्नातक तहका लागि रु दुई हजार २००, स्नातकोत्तर तहका लागि रु दुई हजार ७०० र एमफिल ९दर्शनाचार्य० र पिएचडी (विद्यावारिधि) का लागि रु तीन हजार २०० शुल्क तोकेको छ भने गाउन, स्कार्फ र टोपीका लागि रु एक हजार ५०० धरौटी तोकिएको छ ।
दीक्षान्त समारोहमा सबैभन्दा बढी व्यवस्थापन सङ्कायका विद्यार्थीले आवेदन दिएका छन् । व्यवस्थापन सङ्कायका विद्यार्थी तीन हजार ७२० सहभागी हुने भएका छन् । यस्तै मानविकी सङ्कायका दुई हजार १४४, इञ्जिनीयरिङतर्फ एक हजार १९०, विज्ञान सङ्कायतर्फ एक हजार १०९, चिकित्सातर्फ ८८०, शिक्षा सङ्कायमा ७८३, कानून सङ्कायमा १८६, कृषितर्फ १३३ र वन विज्ञानतर्फ ३३ विद्यार्थी सहभागीका लागि आवेदन दिएका छन् ।

यसैगरी त्रिवि ४५ औँ दीक्षान्त समारोहका लागि मूल समारोह समिति गठन गरिएको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको अध्यक्षतामा ४६ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी र सदस्यसचिवमा परीक्षा सहनियन्त्रक पशुपति अधिकारी रहेका छन् । (रासस)

वि.सं.२०७६ कात्तिक २७ बुधवार १३:५२ मा प्रकाशित

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...