back
CTIZAN AD

उपनिर्वाचन २०७६ : राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा

वि.सं.२०७६ कात्तिक २७ बुधवार

735 

shares

२७ कात्तिक, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् ।

वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमति अनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेदवार बनाइएको राजपाका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन २०७६ का लागि राजपा र समाजवादीले सहमति गरेका हुन् ।

राजपाका अध्यक्ष मण्डलका सप्तरी संयोजक हरेराम यादव र समाजवादीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवको सहमतिपत्र अनुसार यादवलाई संयुक्त उम्मेदवार घोषणा गरिएको राजपाका सहमहासचिव मण्डलले बताए । यता दुवै पार्टीका नेता कार्यकर्ताले आफ्ना उम्मेदवारलाई विजय बनाउन आह्वान गर्दै चुनाव प्रचार प्रसारमा जुटेका छन् ।

उक्त वडामा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार ४०३ मतदाता रहेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकोमा अहिले २२८ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार १४:०३ मा प्रकाशित

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार...

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...