back
CTIZAN AD

बङ्गलादेशका राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट

वि.सं.२०७६ कात्तिक २७ बुधवार

1.1K 

shares

२७ कात्तिक, काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आज शिष्टाचार भेट गरेका छन् ।

भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल र बङ्गलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसङ्ग जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिए । नेपालको परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष दाहालले निर्वाह गरेका भूमिकाको उनले खुलेर प्रशंसा गरे । नेपालले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा निर्वाह गरेको भूमिकाको समेत उनले सराहना व्यक्त गरेका रिजालले सञ्चारकर्मीलाई जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि उहाँ मङ्गलबार आएका हुन् । उनले मङ्गलबार नै भक्तपुरको दरबार स्क्वायरकोे स्थलगत अवलोकन भ्रमण गरेका थिए ।

उनले आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्दै छन् । बिहीबार उनले पर्यटकीय क्षेत्र पोखराको भ्रमण गर्दै छन् भने काठमाडौँ चन्द्रागिरिको समेत भ्रमण गर्ने कार्यतालिका छ । उनी भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्किनेछन् ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार १४:५२ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...