back
CTIZAN AD

कोलम्बियाको संसदले शान्ति सम्झौता पारित गरेकोमा राष्ट्रसङ्घ खुसी

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

981 

shares

१७ मङ्सिर,संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन र राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कोलम्बियाको संसद (कंग्रेस) ले शान्ति सम्झौतापरित गरेकोमा बिहीबार खुlश व्यक्त गरेका छन् ।

कोलम्बियाको सरकार र त्यहाको सवै भन्दा ठूलो विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) का वीचमा भएको शान्ति सम्झौतालाई कोलम्बियाको कंग्रेसले बुधबार पारित गरेको थियो । यस सम्भmौताको कारण कोलोम्बियाका ५० बर्ष भन्दा बढी समयदेखि जारी द्वन्द्वको अन्त्य भएको छ ।

महासचिवद्धारा जारी वक्तव्यमा झण्डै आधा शताब्दी लामो द्धन्द्ध अन्त्य गरी मुलुकलाई सम्बृद्धितर्फ लैजान यो शान्ति सम्झौताले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उहाँका प्रवक्तले जानकारी दिनु भएको छ ।

“शान्ति प्रक्रियाका लागि संविधान नै मुख्य मेरुदण्ड हो, भबिश्यमा पनि शान्ति कायम गर्दै अगाडी बढ्ने हामीले विश्वास लिएका छौं,” वक्तव्यमा भनिएको छ ।

उहाँले शान्ति सम्झौतालाई कार्यान्वयन गर्न सम्वन्धित पक्षहरुले कडा मेहनेत गर्ने आशा पनि गर्नु भएको छ ।

हत्या हिंसा अन्त्य गर्न र शान्ति सम्झौताको फाईदाबाट लाभान्वित हुन पनि उहाँले सवैलाई आह्वान गर्नु भएको प्रवक्तले जानकारी दिनुभयो ।

महासचिव मुनले युद्धविरामलाई कायमै राख्न दुवै पक्षलाइ आह्वान गर्दै आफ्नो तर्फबार्ट पुरा सहयोग’ हुने बताउनु भएको छ ।

छुट्टै पत्रकार सम्मेलनमा सुरक्षा परिषद्ले पनि द्धन्द्ध अन्त्यको प्रयास स्वागतयोग्य भएको बताएको छ ।

परिषद्का सदस्यहरुले प्रतिबद्धता कार्यान्वयन गर्न र शान्ति स्थापना गर्ने कार्यतर्फ लागेकोमा कोलम्बिया सरकार र विद्रोही पक्षलाई बधाई पनि दिएका छन् । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०८:४७ मा प्रकाशित

भारतमा आगलागी, ७ जनाको मृत्यु

भारतमा आगलागी, ७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा...

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच...

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...