मंसिर १ काठमाडौँ । सन्दीप लामिछाने आवद्ध टिम कर्नाटका टस्कर्सलाई बगंला टाइर्गसले ५ विकेटले पराजित गरेको छ । पहिले बगंला टाइर्गसले टस जितेर बलिङ्ग रोजेको थियो ।
पहिले ब्याटिङ्ग गरेको कर्नाटका टस्कर्सले १० ओभर खेलदैँ १ विकेट गुमाएर ११४ रन बनाएको थियो । ११५ रनको लक्ष्य बंगला टाइर्गसले ८.५ ओभर खेलदैँ ५ विकेट गुमाएर पुरा गर्यो । कर्नाटका टस्कर्स पराजित भए पनि सन्दीप लामिछानेको प्रदशन भने उत्कृष्ट रहयो ।
सन्दीपले आफ्नोे पहिलो आभरमै विस्फोटक ब्याटिङ्ग गरिरहेका आन्द्रे फ्लेचरलाई आउट गरेका थिए । उनले दोस्रो ओभरको अन्तिम बलमा पनि विकेट लिएका थिए । सन्दीपले २ ओभर गर्दै ९ रन मात्र दिएर २ विकेट लिन सफल भए ।
वि.सं.२०७६ मंसिर १ आइतवार २१:२४ मा प्रकाशित






























