गैरआवासीय राजदूत नियुक्त
१७ मङ्सिर,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाललाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा खनाललाई आज सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
वि.सं.२०७३ मंसिर १७ शुक्रवार १२:५९ मा प्रकाशित





























