back

अदक्ष भएकै कारण न्यून तलब

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

498 

shares
GLOBAL IME AD
NTC AD

दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाउन आवश्यक

१७ मङ्सिर,काठमाडौँ  । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाउन सकेमात्रै सुरक्षित एवम् सहज आप्रवास हुनेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

युरोपेली सङ्घ र दक्षिण एसियाली अध्ययन केन्द्रको संयुक्त आयोजना गरेको ‘दक्षिण एसियामा सहज एवम् सुरक्षित श्रमिक आप्रवास’ विषयक कार्यशालाका सहभागीले दक्षिण एसियाबाट वैदेशिक रोजगारीमा जाने श्रमिक अदक्ष भएकै कारण न्यून तलब पाउनुपरेको तथा जोखिमयुक्त काम गर्नु परिरहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णिम वाग्लेले दक्षिण एसियाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएकाले स्वदेशमै वैकल्पिक रोजगारीको विकल्पबारे योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले श्रमिकले पठाएको विप्रेषणको उचित प्रयोग गर्न सकेमात्रै त्यसले फाइदा दिन सक्ने र नेपालले पनि ‘रेमिट हाइड्रो’को अवधारण ल्याएको जानकारी दिनुभयो ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले दक्षिण एसियामा गरिबी निवारणका लागि वैदेशिक रोजगारीले योगदान गरे पनि त्यसलाई व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । आप्रवासबारे विश्वस्तरका प्रभावकारीे योजना बनाउन आवश्यक रहको उहाँको भनाइ छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका निर्देशक रीता धितालले दुई वर्षअघि काठमाडौँमा सम्पन्न १८औँ सार्क सम्मेलनले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने विषयमा घोषणापत्र पारित गरेको र सोहीअनुसार कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।

दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक निश्चलनाथ पाण्डेले आप्रवास विश्वभर चुनौतीको विषय बन्दै गएको र नेपालबाट हजारौँ श्रमिक बाहिरिने गरेकाले कार्यशालाको आयोजना गरिएको बताउनुभयो । कार्यशालामा विभिन्न मुलुकबाट आएका विज्ञले आप्रवासका विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १२:५६ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...