back
CTIZAN AD

अदक्ष भएकै कारण न्यून तलब

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

1.1K 

shares

दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाउन आवश्यक

१७ मङ्सिर,काठमाडौँ  । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाउन सकेमात्रै सुरक्षित एवम् सहज आप्रवास हुनेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

युरोपेली सङ्घ र दक्षिण एसियाली अध्ययन केन्द्रको संयुक्त आयोजना गरेको ‘दक्षिण एसियामा सहज एवम् सुरक्षित श्रमिक आप्रवास’ विषयक कार्यशालाका सहभागीले दक्षिण एसियाबाट वैदेशिक रोजगारीमा जाने श्रमिक अदक्ष भएकै कारण न्यून तलब पाउनुपरेको तथा जोखिमयुक्त काम गर्नु परिरहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णिम वाग्लेले दक्षिण एसियाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएकाले स्वदेशमै वैकल्पिक रोजगारीको विकल्पबारे योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले श्रमिकले पठाएको विप्रेषणको उचित प्रयोग गर्न सकेमात्रै त्यसले फाइदा दिन सक्ने र नेपालले पनि ‘रेमिट हाइड्रो’को अवधारण ल्याएको जानकारी दिनुभयो ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले दक्षिण एसियामा गरिबी निवारणका लागि वैदेशिक रोजगारीले योगदान गरे पनि त्यसलाई व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । आप्रवासबारे विश्वस्तरका प्रभावकारीे योजना बनाउन आवश्यक रहको उहाँको भनाइ छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका निर्देशक रीता धितालले दुई वर्षअघि काठमाडौँमा सम्पन्न १८औँ सार्क सम्मेलनले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने विषयमा घोषणापत्र पारित गरेको र सोहीअनुसार कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।

दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक निश्चलनाथ पाण्डेले आप्रवास विश्वभर चुनौतीको विषय बन्दै गएको र नेपालबाट हजारौँ श्रमिक बाहिरिने गरेकाले कार्यशालाको आयोजना गरिएको बताउनुभयो । कार्यशालामा विभिन्न मुलुकबाट आएका विज्ञले आप्रवासका विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १२:५६ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...