back
CTIZAN AD

लेबनानमा सुजना राना पक्राउ

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.4K 

shares

sujana-rana

१८ मंसिर । नेपाली नारी गु्प लेबनानकी अध्यक्ष तथा एनआरएनए आईसीसी अन्तर्गत वैदेशिक रोजगार तथा प्रवासी कामदार समिति टास्कफोर्समा लेवनानबाट सदस्य रहेकी शुसिला (सुजना) राना पक्राउ परेको समाचार प्राप्त भएको छ । घरेलु कामदारका रुपमा कार्यरत राना पक्राउ परेको जानकारी उनको परिवारले पनि दिएको छ । उनको पक्राउका बारेमा घर मालिक्नी कार्ला टौमाले नेपालका लागि लेवनानी कन्सुलर जोय इशा एल कोरीलाई जानकारी गरेको बताइएको छ । उनको पक्राउका सन्दर्भमा टास्कफोर्सका संयोजक धरम केसीले पनि पुष्टि गरेका छन् ।
सुजनाको पक्राउको कारण र उनलाई कता राखिएको छ भन्ने बारे कुनै जानकारी नभएको घर मालिक्नीले बताएपनि सजना घरमा कार्यरत रहँदाको अवस्थामै पक्राउ परेकी हुन् । घर मालिक्नी टौमाकै अगाडि उनलाई पक्राउ गरिएको थियो भने वाचमेन पनि प्रत्यक्षदर्शीका रुपमा रहेका थिए ।
सुजनालाई नजिकै रहेको प्रहरी चौकीले पक्राउ गरेको भनिए पनि बुझ्नेक्रममा उनी त्यहाँ थिइनन् । स्रोतका अनुसार सजना हाल लेबनान सरकारको महानिर्देशनालय अन्तर्गतको बन्दि गृहमा रहेकी छिन् । अनुसन्धान विभागका क्याप्टेनका अनुसार एक आइएनजिओले सजनाको पक्षमा वकिल नियुक्त गरेको छ ।
यसैगरी एनआरएनए अफ्रिका महादेशका सुनिल कार्कीले केन्यामा कार्यरत कन्सुलेट जिम्मीलाई सो बारेमा जानकारी गराएका छन् । लेबनानी नागरिक जिम्मीले यस्ता केशमा उद्दार र सहयोग गर्न सफलता प्राप्त गरेका हुँदा यसमा पनि सफलता प्राप्त गर्ने आशा गर्न सकिन्छ ।
सुत्रका अनुसार सुजनाको पासपोर्ट नम्बर र कार्यरत घरको स्थान बारे उनलाई जानकारी गराइएको छ । आप्रवासीहरुको मानवअधिकारका सन्दर्भमा सक्रिय सुजनालाई केही सयअघिबाट उनलाई चेतावनी आउने गरेको सुत्रबाट बुभिएको छ । यो घटनाका बारेमा गैरआवासीय नेपाली अभियन्ता दिपेन्द्र उप्रेतिले गंभिर चासो र पहल लिएको जनाइएको छ।

वि.सं.२०७३ मंसिर १८ शनिवार ००:४४ मा प्रकाशित

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...