back
CTIZAN AD

चिसोले प्रहरीचौकी सारियो

वि.सं.२०७६ मंसिर ४ बुधवार

813 

shares

४ कार्तिक, सिमकोट । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सारिन थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ ।
यहाँ चिसो माइनस एक डिग्रीमा पुगेसँगै उत्तरी क्षेत्रमा रहेको लिमी प्रहरीचौकीका इञ्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
कात्तिक महिनाको मध्य महिनादेखि हुम्लामा चिसो बढ्ने भएका उत्तरी नाम्खा गाउँपालिकामा बढी चिसो हुने भएकाले प्रहरी चौकी सारिएको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए । जिल्ला सदरमुकामभन्दा नाम्खा गाउँपालिका उपल्लो हुम्ला भएकाले चिसो अत्यधिक हुने गरेको छ ।
यतिबेला लिमीमा हिउँसमेत जमेकाले बिहान बेलुका बढी चिसो हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कर्णाली प्रदेशका अन्य जिल्ला मध्य हुम्लामा बढी हिमपात हुनुका साथै चिसो बढी हुने भएकाले उच्च क्षेत्रमा रहेका प्रहरीचौकी सारिने गरिन्छ ।

सीमा सुरक्षाका लागि राखिएको हिल्ला प्रहरीचौकी पनि चिसो बढेसँगै सदरमुकाम सिमकोटमा सारिने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए । नेपाल र चीनको मुख्य नाका हिल्सा भएकाले त्यस नाकाबाट अवैध व्यापार आयातनिर्यात हुने भएकाले सीमा क्षेत्रमा राखिएको प्रहरीचौकी आउँदो मङ्सिर १५ गतेसम्म सारिने तयारी भइरहेको उनले जानकारी दिए ।
उत्तरी नाम्खा गाउँपालिकाको माथिल्लो क्षेत्र लिमी, हिल्सामा अत्यधिक कठ्याङ्ग्रिने चिसो हुने भएकाले विभिन्न समस्याका कारण प्रहरी चिसोमा छ महिना सदरमुकाम सिमकोट र वैशाख महिनादेखि माथितिर जाने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए ।
हिउँदको समयमा त्यस क्षेत्रमा राखिएका चौकीमा कार्यरत प्रहरीका लागि सेवा सुविधा नभएको र त्यस क्षेत्रमा हिउँदको समयमा चौकी राख्न निकै समस्या हुनाभएकाले जिल्लामा नै सारिने गरिएको उनले जानकारी दिए ।
उत्तरी नाम्खा गाउँपालिकाको लिमी, तिल, जाङ, हल्जी, यारी, हिल्सालगायतका क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले यहाँका स्थानीय जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा बसाइँसराइ गर्ने गर्दछन् । (रासस)

वि.सं.२०७६ मंसिर ४ बुधवार १२:२२ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...