४ मसिंर, काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको दशौंवार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न भएको हो ।
सोमबार आयोजित दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५\७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुनआउने रकम रु. छयानब्बे करोड चौरानब्बेहजार तीन सय दश र पैसा चौरानब्बे बाराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँशमध्ये ६ प्रतिशत बोनश शेयर तथा ६ प्रतिशत नगद लाभाँश हुनेछ ।
सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता ९१ः०.८५० शेयर आदानप्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको विज्ञप्तीमा जनाइएको छ ।
शेयरधनीहरुको सभाबाटपारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारकालागि अन्तिम तयारी भईरहेको छ ।
मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुने गरी तयारी भरहेको छ । करिव ३०० भन्दाबढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाखग्राहक संख्या सहितको बैक बन्ने पनि बैंकले बताएको छ ।
मर्जर पश्चात चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक भएको बताइएको छ ।
वि.सं.२०७६ मंसिर ४ बुधवार १२:२९ मा प्रकाशित






























