back
CTIZAN AD

एउटा फोटोले जिताउन सक्छ नयाँ Ather स्कुटर, यसरी सहभागी हुनुहोस्

वि.सं.२०८३ साउन २१ बिहीवार

939 

shares

काठमाडौं। NAIMA Mobility Expo 2026 नजिकिँदै जाँदा Ather Energy Nepal ले आगन्तुकलाई लक्षित गर्दै बहुप्रतीक्षित मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानअन्तर्गत एक भाग्यशाली सहभागीले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर पाउनेछन्।

गत वर्ष पनि Ather Nepal ले यस्तै अभियान सञ्चालन गरेको थियो। उक्त अभियानमार्फत सालिक राम कँडेल ले Ather Rizta स्कुटर जितेका थिए। सहभागीबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र लोकप्रियतापछि कम्पनीले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएको जनाएको छ।

कसरी सहभागी हुने?

प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकले निम्न चार चरण पूरा गर्नुपर्नेछ:

  • Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्ने।
  • NAIMA Mobility Expo 2026 अन्तर्गत Hall C, Stall C2 मा रहेको Ather Stall मा आउने।
  • Ather स्कुटरसँग एउटा आकर्षक फोटो खिच्ने।
  • उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै @AtherEnergyNepal लाई Tag गर्ने तथा आफ्ना दुई जना साथीलाई पनि Tag गर्ने।

यी सबै प्रक्रिया पूरा गरेपछि सहभागी स्वतः लक्की ड्र मा समावेश हुनेछन्, जहाँबाट एक भाग्यशाली विजेताले नयाँ Ather स्कुटर जित्नेछन्।

Ather Stall मा स्मार्ट मोबिलिटीको प्रत्यक्ष अनुभव गर्न सकिने

Ather Nepal का अनुसार यस वर्षको स्टललाई केवल प्रदर्शनीका लागि मात्र नभई आगन्तुकले विद्युतीय सवारीको भविष्यलाई नजिकबाट अनुभव गर्न सक्ने गरी तयार पारिएको छ।

स्टलमा आगन्तुकले Ather का नवीनतम प्रविधि, स्मार्ट फिचर तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधान प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। साथै, विभिन्न अन्तरक्रियात्मक डेमो र गतिविधिमार्फत Ather किन अग्रणी विद्युतीय स्कुटर ब्रान्डमध्ये एक हो भन्ने अनुभव लिन सकिने कम्पनीको भनाइ छ।

कम्पनीले  आग्रह गर्दै भनेको छ “तपाईं विद्युतीय सवारीका पारखी हुनुहोस्, पहिलो पटक EV खरिद गर्ने सोचमा हुनुहोस् वा भविष्यको स्मार्ट मोबिलिटीबारे जान्न उत्सुक हुनुहोस्—Ather Stall ले तपाईंलाई अन्यत्र नभेटिने विशेष अनुभव प्रदान गर्नेछ।”

११ देखि १६ अगस्टसम्म सञ्चालन हुँदैछ प्रदर्शनी

NAIMA Mobility Expo 2026 आगामी ११ देखि १६ अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ। प्रदर्शनी अवधिभर आगन्तुकलाई Hall C, Stall C2 मा रहेको Ather Stall मा पुगेर नयाँ प्रविधिसँग परिचित हुन, कम्पनीका प्रतिनिधिसँग अन्तरक्रिया गर्न तथा मेगा गिभअवेमा सहभागी भई नयाँ Ather स्कुटर जित्ने अवसर लिन कम्पनीले आग्रह गरेको छ।

कम्पनीका अनुसार प्रदर्शनी केवल सवारी अवलोकन गर्ने अवसर मात्र नभई स्मार्ट मोबिलिटीको अनुभव गर्ने र एउटा साधारण फोटोमार्फत नयाँ Ather स्कुटर जित्ने सम्भावना पनि रहनेछ।

 

वि.सं.२०८३ साउन २१ बिहीवार १४:१४ मा प्रकाशित

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...