back
CTIZAN AD

महिला हिंसामा परेकालाई संरक्षण गर्न सात करोडको आश्रयस्थल बन्दै

वि.सं.२०७६ मंसिर ९ सोमवार

795 

shares

९ मङ्सिर, काठमाडौँ । काठमाडौँको उत्तरी भेग मूलपानीमा महिला हिंसामा परेकालाई संरक्षण गर्ने उद्देश्यले करिब डेढ रोपनीको क्षेत्रफलमा रु सात करोडमा आश्रयस्थल निर्माण गरिएको छ । लैङ्गिक हिंसामा परेकालाई आवास, मेडिकल, मनोसामाजिक एवं कानूनी परामर्श उपलब्ध गराउने लक्ष्य राखिएको उक्त स्थलमा तीनवटा भवन निर्माण गरिएको छ ।

एपेरियन नामक गैरसरकारी संस्थाले आजदेखि सञ्चालनमा ल्याएको उक्त भवन डेढ वर्षमा निर्माण गरिएको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सञ्चालनमा ल्याइएको त्यस स्थलमा व्यावसायिक तालीम, स्वास्थ्य परीक्षण, परामर्श, आवास गरी ३० कक्ष छन् । जम्म २० महिला तथा १५ बालबालिका अटाउन सक्ने क्षमताको आश्रयस्थलमा स्थानीय तह, महिला हिंसाविरुद्ध क्रियाशील संस्था तथा प्रहरीको सिफारिसमा पीडित महिलालाई आश्रय दिइने व्यवस्था गरिएको छ ।

पीडित पक्षलाई सम्बन्धित घरपरिवारमा मेलमिलाप, व्यावसायिक तालीम र रोजगारीको प्रबन्ध गरी उनीहरुलाई आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने उद्देश्य राखिएको छ । हिंसामा परेका महिलालाई सामाजिक रुपान्तरण गर्न हाउस किपिङ, खाना पकाउने, ब्युटिसियन, सुरक्षा गार्ड, बालबालिका हेरचाह र मन्टेश्वरी तालीम सञ्चालन गरिने जनाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले भवनको उद्घाटन गर्दै महिला वर्गमाथि आर्थिक पहुँच नभएका कारणले अधिकांश महिला घरेलु हिंसाको सिकार हुने गरेकाले सामाजिक रुपान्तरणको महत्व रहेको बताए । एपेरियनका प्रमुख कार्यकारी अधिकृत प्रज्ञा राईले उक्त आश्रयस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रका पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको बताए ।
उनले अछाम, बझाङ, बाजुरा, बैतडी, ओखलढङ, सिन्धुली र उदयपुरमा पनि यस किसिमको स्थल सञ्चालन गरिएको जानकारी दिए ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १६:१६ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...