back
CTIZAN AD

‘ एकल चित्रकला तथा हस्तकला प्रदर्शनी’ ढाकामा

वि.सं.२०७६ मंसिर १० मंगलवार

729 

shares

१० मसिंर, काठमाडौँ । भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गरेका छन् ।

ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिए ।

प्रदर्शनीसँगै उनले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ” भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गरेका थिए । बनेपालीले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालका मठमन्दिर, लुम्बिनी, काठमाडौँ, पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सहभागीलाई जानकारी गराइएको बताए ।

बङ्गलादेशका वरिष्ठ कलाकार प्रा हमिद उदजमान खानले अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी ढाकामा पहिलो पटक भएको बताउँदै आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले पुलको काम गर्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा बनेपालीले देशदेशबीच सम्बन्ध थप प्रगाढ बनाउन कला महत्वपूर्ण माध्यम हुने उल्लेख गरे । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको प्रदर्शनीमा चित्रकलातर्फ २० र हस्तकलातर्फका २६ कलाकारले सहभागिता जनाएका छन् । शनिबारदेखि शुरु भएको प्रदर्शनी सात दिनसम्म चल्ने छ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार ०९:४४ मा प्रकाशित

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...