back
CTIZAN AD

किन घरेलु हिंसामा पर्छन् धेरैजसो महिला

वि.सं.२०७६ मंसिर १० मंगलवार

1.2K 

shares

१० मङ्सिर, काठमाडौ । गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३१९ हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन अयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अन्वेषी’वर्ष पुस्तकअनुसार त्यस्तै गरी ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिकामाथि बलात्कार, १।३६ प्रतिशत ९१८ जना० माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।

ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सङ्कलित एक हजार ३१९ घटनाको करिब ६६ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत सामाजिक हिंसाको तथ्याङ्कले महिला घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको बताए । ओरेकका अध्यक्ष ज्योत्सना मास्केले तथ्याङ्कको दायरालाई फराकिलो पार्दै ‘अन्वेषी’मा यौन अल्पसङ्ख्यक, अपाङ्गता भएका महिला, महिला स्वास्थ्य लगायत महिलाआन्दोलनको विविधता समेट्ने प्रयास भइरहेको जानकारी गराए । ओरेकले ‘अन्वेषी’ सन् २००८ देखि प्रकाशन गर्दै आएको छ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १३:०८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...