११ मसिंर, काठमाडौँ । कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा ट्रेन्च लगाएको काँडेतार अहिलेसम्म हटाउन पहल भएको छैन ।
गत माघ महिनामा भारतीय पक्षले कैलालीमा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजारमा तीन किलोमिटर क्षेत्रमा माटोको अग्लो ट्रेन्च बनाएर त्यसमाथि काँडेतार लगाएको थियो ।
नेपालको अनुमतिबिना एकलौटी रुपमा सीमामा ट्रेन्चमाथि काँडेतार लगाउँदा अन्तराष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनुका साथै माटोको ढिस्कोका कारण नेपाली भूभाग यस वर्षको वर्षायाममा डुबानमा परेका थिए । बुधबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ मंसिर ११ बुधवार ०८:१९ मा प्रकाशित






























