back
CTIZAN AD

बंगलादेशमा रहेका नेपाली चिकित्सक आवद्ध जेडीसीद्धारा राजदूत मिश्रको स्वागत

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

948 

shares

१३ मंसिर, बंगदलादेश । बंगलादेश रेजिडेन्टको स्टाइपेडको समस्या हल गर्नका लागि नेपाल चिकित्सक संघ अन्तर्गत रहेको बंगलादेशी जेडीसीमा आवद्ध नेपाली चिकित्सकहरुले नेपाली राजदूत वंशीधर मिश्रलाई स्वागत गरेको छन् ।

बंगबंधू शेख मुजीब मेडिकल विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गरी मिश्रलाई स्वागत गरिएको हो ।

जेडिसी बंगलादेशका अध्यक्ष डा. राकेश साह, सचिव डा. आशीष रायलगायतका नेपाली चिकित्सकको टोलीले राजदूत डा. मिश्रलाई स्वागत गर्दै नेपाली आवासीय चिकित्सकका पारिश्रमिक (स्टाइपेड) आवास र अन्य समस्याका बारेमा पनि छलफल गरिएको बताइएको छ ।

सोहि अवसरमा डा. मिश्र र उक्त विश्वविद्यालयका उपकुलपति प्रा.डा कनक कांति बारुवाबीच समेत भेटवार्ता भएको छ । उक्त भेटवार्तामा आवासिय चिकित्सकको स्टाइपेड, आवास लगायतका समस्याका बारेमा छलफल भएको जेडिसी बंगलादेशका अध्यक्ष डा. राकेश साहले संसारन्युजलाई जानकारी दिएका छन् । भेट वार्तापछि राजदूत डा. मिश्रले उपकुलपति डा. बारुवाले नेपाली चिकित्सकको समस्या समाधान गर्न आफू गम्भीर ढंगले अघि बढ्ने आश्वासन दिएको चिकित्सकहरुलाई बताएका थिए ।

नेपाली चिकित्सक डा.राकेश साहका अनुसार बंगबंधु शेख मुजिब मेडिकल विश्वविद्यालयमा झण्डै सयजना चिकित्सकले एमडि एमएस MD/MS गर्दैछ । उनीहरुका लाथि विश्वविद्यालयले दिनुपर्ने स्टाइपेन्ड तथा आवासको सुविधा ( Residency Program) सुरुदेखिनै समस्या देखिएको विद्यार्थीहरुले बताउँदै आएका छन् ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १०:३४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...