back
CTIZAN AD

यसरी उत्रिए कानुनका विद्यार्थीहरु सडकमा

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

1.4K 

shares

१३ मङ्सिर, काठमाडौँ । कानुन संकायका विद्यार्थीहरु कहाँ हुनुपर्ने होला, तपाई आफैँ अनुमान गर्नुहोस् त, कतै कानुनी प्राक्टिसमा वा आफ्नै कलेजको क्लासमा । तर, चक्रवर्ति हवि एजुकेशन एकेडेमी कलेजमा बिए.एल.एल.बी चौथो र पाँचौ वर्षमा अध्ययन गरिरहेका ३० विद्यार्थीहरु भने स्वयमसेवका रुपमा सडकमा ट्राफिक व्यवस्थापनका लागि उत्रिएका हुन् ।

मङ्सिर ८ गतेदेखि एकहप्ताको लागि उनीहरुले स्वयमसेवक बनेर ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सघाएका उनीहरुले बाटो काट्ने कतिपय बटुवाले नियम उल्लघंन गरेको, अटेर बनेर जहाँ पायो त्यहिँबाट बाटो काट्ने, जेब्राक्रसिङबाट बाटो काट्दा दाँयाबाँया नहेरी फोनमा बोल्दै यात्रुहरुलाई पनि छिटो बाटो काट्नुपर्ने तथा सवारी चालकलाई पनि छिटो जानुपर्ने कारण दुर्घटनाको ठूलो जोखिम रहेका अनुभव आफूहरुले गरेको उनीहरु बताउछन् ।

‘जेब्राक्रसिङ त हो, जतिबेलापनि बाटो काट्न पाउनुपर्छ भन्ने मानसिकताको विकास भएको रहेछ । जेब्राक्रसिङबाट बाटो काट्दा गाडी रोकिहाल्छ, भन्ने सोचले मानिसहरु कतै नहेरी बाटो काट्ने र रोक्न खोज्दा रिसाउने, हतार छ हामीलाई नरोक्नुस समेत भन्ने गरेको आफ्नो एकसाताको ट्राफिक व्यवस्थापनको अनुभव सुनाउँदै संसारन्युजसँग उनीहरुले भने ।

यो तपाईहरुको काम होइन, भन्ने जस्ता जवाफहरु फर्काउने र प्रायजसो विद्यार्थीहरुले नै लापरवाहि गरेको पद्य्मोदयचोकमा खटिएकी राजविराजकी स्वयंसेवक कविता यादवले बताइन् । सातदिनको समयमा ट्राफिक नियमबारे उनलाई पनि धेरै सिक्ने मौका मिलेको उनको अनुभव छ । उनी भन्छिन्–अचम्मै लाग्यो जेब्रा क्रसिङबाट कुकुरले समेत बाटो काटेको देख्यौं । कुकुरलाई ‘रोक’ भन्दा जेब्रा क्रसिङको छेउमा रोकिएर गाडि गएपछिमात्र उ पनि पारी गयो । मानिसभन्दा कुकुर ज्ञानी रहेछन् की जस्तो अनुभव त्यस घटनाले भयो ।

त्यस्तै अर्र्की स्वयंसेवक पाल्पाकी वर्षा कार्की भन्छिन्–ट्राफिकको कामधेरै गाह्रो हुँदोरहेछ यो एकहप्तामा नजिकबाट महसुस गरियो । कहिले यता कुद्नु पर्ने कहिले उता, चालक, बटुवाहरुले कुरा नसुन्दा विवाद नगरी सुखै नहुने । उभिएरै काम गरिरहनु पर्ने । अझ त्यो धूलो, धुँवा, प्रदूषणले स्वास्थ्यमा कति असर पार्यो होला, त्यसको कुनै हिसाबकिताब नै छैन ।

 

कार्कीका अनुसार दिनभरी बाटोमा बसेर ट्राफिक व्यवस्थापनमा लागेका ट्राफिक प्रहरीलाई सवारी चालक तथा बटुवाले भनेको मानिदिएर सहयोग गर्दा उनीहरुको कामप्रतिको सम्मान हुनेछ ।

त्यसैगरि ललितपुरकी अर्की स्वयंसेवक इम्रना विष्टको पनि त्यस्तै अनुभव छ, आफूलाई एकहप्ता स्वयंसेवक भएर कामगर्दा धेरै कुरा सिक्न र जान्न पाइएको उनी बताउँछिन् । नेपाली ट्राफिक प्रहरीहरुले कति दुःख पाउँदा रहेछन् भन्ने कुरा पनि महसुस भयो । केहि मान्छेले नियम उल्लघंन गर्दै हिँडे पनि धेरैले भने राम्रो प्रतिक्रिया दिएको उनको अनुभव छ । ‘धेरैले ‘थ्यांक्यु’ राम्रो काम गर्नुभयो । यो, हाम्रै सुरक्षाको लागि हो, भनेर धन्यवाद पनि दिए’ आफ्नो अनुभव संसारन्युजसँग सेयर गर्र्दै उनले भनिन् ।

 

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १५:१८ मा प्रकाशित

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...