back
CTIZAN AD

यसकारण हटाइएका थिए मन्त्री गोकर्ण विष्ट

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

1.3K 

shares

१३ मङ्सिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरीषद्को वृहद पुर्नगठन गरेको आज ठ्याक्कै ९ दिन पुगेको छ । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले मन्त्रीहरू हटाउने, जिम्मेवारी हेरफेर गर्ने विषय प्रधानमन्त्रीकै विशेष अधिकार हो । तर पछिल्लो मन्त्रीपरीषद् पुर्नगठनलाई आमसञ्चार माध्यम र सामाजीक माध्यमहरूले प्रधानमन्त्रीको अधिकार बाट अलि बाहिर ल्याएर वहसको विषय बनाएको देखिन्छ ।

त्यसमा पनि बाहिरिएका केहि मन्त्रीका सन्दर्भ सहित प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाललाई जोडेर अझै बजार हल्ला चलाइरहिएकै छ । फलानो मन्त्रीलाई किन हटाइयो, फलानोलाई किन हटाइएन यावत विषयमा अझै वहस भइरहेको देखिन्छ । त्यसमाथी हटाइएका केहि मन्त्रीहरुले गैर जिम्मेवारी अभिव्यक्ति दिएर वहसमा रमाउनेहरुलाई मसला दिइएरहेका छन् ।
यसै मेलोमा चर्चामा ल्याइएका र हटाउन नहुने भनिएका श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयका तत्कालीन मन्त्री गोर्कण विष्टका बारेमा अन्य मन्त्रीहरुको भन्दा वढि बहस चलाइएको पाइन्छ । धेरै आमसञ्चार माध्यम र सामाजीक सञ्चालमा विष्टलाई हटाइनु प्रधानमन्त्री ओलीको महापापनै भएको जसरी प्रचार गराइएको देखीएको छ । विष्टलाई असाध्यै सक्षम भनेर प्रचार गरीरहेकाहरुले उनको पछिल्लो चौमासीक रिपोर्टको परीणाम बारेमा भने कुनै वहस गरेको देखीदैन । विष्टले गत साउन देखी मङ्सीरको चौमासमा १ सय ६५ वटा काम गर्ने भनेर प्रधानमन्त्री सँग कार्यसम्पादन सम्झौता गरेपनि जम्मा २६ वटा मात्रै जाम गरेका छन् । यो विचमा उनले आफ्नो मन्त्रालयका लागि छुट्टाइएको जम्मा १ दशमलव ८ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् र उनको कामको परीणाम जम्मा सय पुर्णाङ्कमा साढे पाँच मात्रै छ । उनको कामको यो प्रगतीले प्रधानमन्त्रीले चाहेको सुखी नेपाली समृद्ध नेपालको परीकल्पना कुनै हालतमा पुरा नहुने निश्चित थियो । यसकारण विष्टलाई ओलीले रातो वत्ति बालेका थिए ।

यस बाहेक विष्टको क्रियाकलाप सँग ओली सुरु देखीनै सकारात्मक वन्न नसक्नु पनि विष्ट वर्हिगमनको कारण वनेको प्रधानमन्त्रीका निकट श्रोतहरुले बताउने गरेका छन् विष्टले मन्त्रालय सम्हाल्ना साथ मलेसीयामा के के न गर्छु जस्तो गरेर नेपाली कामदारलाई मलेसीया जान रोक लगाए । तर ९ महिना झुलाएर पुरानै व्यवस्थामा कामदार पढाउन फुकुवा गर्दा मन्त्री विष्टले सरकारमा अब धेरै दिन छैन भन्ने बुझिसकेका थिए । विष्टको ९ महिने रवैयाले उनलाई त मन्त्रीबाट मात्रै वर्हिगमन गरीदियो सँगै देशको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र विप्रेषण आप्रवाहमा समेत नकारात्मक प्रभाव पा¥यो । मलेसीया प्रकरणले लाखौँ नेपाली युवा आफ्नो आम्दानी बाट विमुख भएभने नेपालमा विदेसी मुद्रा सन्चीतीमा समेत असर प¥यो । यसकारण समृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री ओलीले कुरा बढि गर्ने काम नगर्ने मन्त्री विष्टलाई हटाउन बाध्य भए ।
यसैगरी सामाजीक सुरक्षा कोषको तथ्याङ्कमा विष्टले प्रधानमन्त्रीलाई ढाटेको कारण प्रधानमन्त्री रुष्ट बनेको श्रोतको दावी छ । प्रधानमन्त्री कार्यालयका अनुसार विष्टले सामाजीक सुरक्षा कोषमा पहिलो वर्ष नै १० लाख वढि श्रमीकलाइ आवद्ध गर्न सकिने तथ्याङ्क पेश गरेका थीए । तर विष्टको कार्यकाल भरी जम्मा १ लाख १६ हजार मात्रै कामदार कोषमा समाहीत भए ।

सुरुमा नयाँ कार्यक्रम ल्याएका कारण प्रधानमन्त्री ओली मन्त्री विष्ट प्रति वढि आसावादी देखीएका थिए । तर पछिल्लो समय विष्टको दावी हावा गफ मात्रै भएपछि प्रधानमन्त्रीले मन्त्री विष्टलाई बाहीरको बाटो देखाएका थिए ।

पछिल्लो समय वैदेशीक रोजगार विभागको कामको दवाव घटाउन प्रत्येक प्रदेशमा कार्यालय खोलीए पनि तिनको प्रभावकारीता पनि खासै देखीएन । त्यसको उल्टो ताहाचल कार्यलयमा वीचौलीयाको वीगवीगी ह्वात्तै बढ्यो । वीचौलीया वीना एक साता भन्दा अगाडि कामै नभएको प्रतिवेदन प्रधानमन्त्री ओलीकोमा पुगेपछि प्रधान मन्त्रीले पटकपटक मन्त्री विष्टलाई सचेत समेत गराएको श्रोतको दाबी छ । तर प्रधानमन्त्रीको सचेतनाका वावजुद पनि बैदेशिक रोजगार विभाग कार्यालयको काममा सुधार नभएपछि प्रधानमन्त्रीले अन्तीम विकल्प रोजेको बताइएको छ ।
यस्तै तत्कालीन मन्त्री टेक बहादुर गुरुङ्गका पाला देखी स्यालहुइयाँ बनाइएको सुन्य लागत मन्त्री विष्टको पाला सम्म पनि कार्यान्वयनमा आएन । बरु श्रमीकलहरुको लागत बढिरह्यो । यसले पनि प्रधानमन्त्री ओली विष्टलाई हटाउने निष्कर्षमा पुगेको देखीन्छ ।

यसैगरी मन्त्री विष्टले आफ्नै गाउँपालीकाको स्थाई केन्द्र निर्धारणमा हलो हड्काइरहेको जानकारी समेत प्रधानमन्त्रीलाई पुगीसकेको थियो । आफ्नै दाजु गाउँपालीकाको अध्यक्ष रहेको अवस्था र ७ मध्ये ६ वटा वडा सहित अध्यक्ष, उपाध्यक्ष सहितको ससक्त उपस्थिती सत्तारुढ दल नेकपाको हुँदा पनि विष्टकै कारण इस्मा गाउँपालीका स्थाई केन्द्रविहीन रहेको छ । यो रिपोर्टका बारेमा पनि प्रधानमन्त्रीले विष्टलाई सचेत बनाउँदै आइरहेका थिए ।

यि बाहेक बिष्टको प्रधानमन्त्री ओलीसँग रहेको तिक्त सम्बन्धले पनि बिष्टको बर्हिगमन भएको प्रधानमन्त्री कार्यालय श्रोतले बताएको छ ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १५:०५ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...