back
CTIZAN AD

कास्कीमा निर्वाचन सम्पन्न, मतगणना रातिदेखि शुरु हुने

वि.सं.२०७६ मंसिर १४ शनिवार

1.1K 

shares

कास्की क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदान पश्चात पोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतपेटिकामा सिलबन्दी गर्दै मतदान अधिकृत नारायणप्रसाद ((तस्विर : रासस)

१४ मंसिर । कास्की क्षेत्र नं २ मा आज प्रतिनिधिसभा सदस्य पदको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ का लागि ८२ वटा मतदानकेन्द्रमा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए । मतदान सम्पन्न भइसकेपछि मतपेटिका मतगणनास्थलमा ल्याउने काम शुरु भइसकेको छ ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै नेकपाका उम्मेदवार बिद्या भट्टराई तस्वीरः जमुन

शहीद चोकस्थित जिल्ला समन्वय समितिको सभाभवनमा सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि आज राति १० बजेदेखि मतगणना शुरु हुने सहायक मतदान अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो । सबै मतपेटिका प्राप्त हुनासाथ सर्वदलीय बैठक आह्वान गरी मतगणना शुरु गरिने उनले बताए । मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ ।

उम्मेदवारको प्रतिनिधिले गणनामा कुनै पनि बाधा अवरोध पु¥याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइएको छ । दुई स्थानबाट गणना शुरु गर्ने योजना रहेको बताइएको छ । दलको तर्फबाट उम्मेदवार बनेकाका दुईजना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधि मात्र गणनास्थलमा रहन पाउने व्यवस्था गरिएको छ । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १९:३७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...