back
CTIZAN AD

दुर्घटनामा एकै परिवारका पाँचसहित ६ को मृत्यु

वि.सं.२०७६ मंसिर १५ आइतवार

744 

shares

१५ मसिंर, काठमाडौँ । गएराति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेका एकै परिवारका पाँच सहित ६ को मृत्यु भएको छ ।

विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को १ त ९३६४ नंको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताए ।

मृत्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको सुनसरी प्रहरीलाई उद्धृढ गर्दै उनले बताए । रासस

वि.सं.२०७६ मंसिर १५ आइतवार ०९:०७ मा प्रकाशित

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...