१५ मंसिर, काठमाण्डौं । ‘भुसाल समाज नेपाल’ को नवौं राष्ट्रिय महाधिबेशन शनिबार सम्पन्न भएको छ ।
बासुकी चौर बल्खुमा शनिबार सम्पन्न भएको उक्त समाजको नवौं राष्ट्रिय महाधिबेशनले पूर्वमुख्य सचिव युवराज भुसालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपाकी नेतृ पम्फा भुसाल, पूर्वराजदूत चोप लाल भुसाल लगायत उच्च ब्याक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको उक्त अधिबेशनले भुसालको नेतृत्वमा १५ सदस्सीय कार्यसमिति निर्वाचित गरेको हो ।
उक्त कार्यसमितिको उपाध्यक्षमा माधब प्रसाद भुसाल, महासचिबमा इस्वरी प्रसाद भुसाल, सचिवमा भक्त राज भुसाल, कोषाध्यक्षमा कमला बराल भुसाल र सदस्यहरुमा टेक नारायण भुसाल, दिनेस भुसाल, प्रबिण भुसाल, कृष्ण प्रसाद भुसाल, मदन भुसाल के सी,हिरा मणि भुसाल, हुमा भुसाल,कमला भुसाल र मुकुन्द भुसाल रहेका छन् ।

वि.सं.२०७६ मंसिर १५ आइतवार ०९:२६ मा प्रकाशित






























