back
CTIZAN AD

खुटिया र बिपीनगरदेखि ताक्लाकोटसम्मको सडक खण्ड पहिलो प्राथमिकता –मुख्यमन्त्री भट्ट

वि.सं.२०७६ मंसिर १५ आइतवार

1K 

shares

१५ मङ्सिर, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया र बिपीनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । ताक्लाकोट सडक पु¥याउन सके मानसरोवर क्षेत्रमा आउने पर्यटकका कारण यहाँको विकास हुनसक्ने उनले बताए ।

डोटीको जोरायल गाउँपालिका–५ मा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सवमा मुख्यमन्त्री भट्टले कैलालीको खुटियादेखि डोटीको दिपायल जोड्ने सडक अहिले बिपीनगरदेखि गड्सेरासम्म जोडिएको र केही समयभित्र बाँकी रहेको भागमा समेत जोडिने बताए । उनले भने, “बिपीनगर, गड्सेरासम्म सडक जोडिसकेका छौँ, केही दिनमा बाँकी रहेको कामपनि पूरा हुनेछ, विकासका लागि केन्द्र सरकारको भरमा परेर अब सुदूरपश्चिम सरकार अल्मलिने छैन् ।”

मुख्यमन्त्री भट्टले डोटीको जोरायलदेखि गड्सेरा जोड्ने सडकमा यो आर्थिक वर्षमा कुल रु ७७ करोड बजेट विनियोजन गरिएकाले उक्त सडक चाँडै गड्सेरा जोडिएर कालोपत्रको काम सुरु हुने जानकारी दिए । समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रदेश सरकार लागिपरेको उनले भने, “सुदूरपश्चिमको विकासका लागि प्रदेश सरकार खप्तडसहित अन्य पर्यटन क्षेत्रको विकास, सडक सञ्जाल विस्तारमा जुटेको छ । हामी आफ्नै लगानीमा यहाँको विकासका काम गर्नेछौँ ।”

एक प्रसङ्गमा मुख्यमन्त्री भट्टले सरकारी कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने बताउँदै भने, “म मुख्यमन्त्री हुँ, मैले छोरा छोरी राम्रो नाम चलेको निजी स्कुलमा पढाउन सक्थें तर मेरा छोराछोरी सरकारी स्कुलमा छन्, अब यो प्रदेशका सबै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी स्कुलमा पढाउनुपर्छ ।”

कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले महेन्द्र आधारभूत विद्यालयको पढाइदेखि अन्य भौतिक पूर्वाधार विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । विद्यालयका प्रधानाध्यापक भानुभक्त थापाले विद्यालयको स्तरोउन्नतिका लागि विभिन्न मागसहितको ज्ञापनपत्र प्रस्तुत गरेका थिए ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १४:५० मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...