back
CTIZAN AD

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष १३ सयको मृत्यु

वि.सं.२०७६ मंसिर १५ आइतवार

687 

shares

१५ मसिंर, न्होमपेन ।  एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिए ।

विश्व एड्स दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ८८० जना नयाँ एचआईभी संक्रमित थपिएको बताए ।

नयाँ थपिने विरामीको संख्या पनि अहिले ६२ प्रतिशतभन्दा कम भएको तथ्याङ्कले देखाएको छ ।

“एचआईभी एड्स नियन्त्रणका लागि पछिल्लो दशक हामी निरन्तर सुधार गरिरहेका छौँ,” उनले भने ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा ७३ हजार मानिस एचआईभी एड्ससहित बाँचेका छन् ।

कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका आवासीय दूत पौलिन तामेसिसले एचआईभी नियन्त्रणको प्रयासबाट सकारात्मक नतिजा आएपनि पूर्ण सन्तुष्ट हुने अवस्था भने नरहेको बताए ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १४:५४ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...