१५ मङ्सिर, बारा । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित भएका छन् ।
एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी भएका निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिए । निकडतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गरेका थिए ।
वि.सं.२०७६ मंसिर १५ आइतवार १६:५३ मा प्रकाशित






























