back
CTIZAN AD

वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा – मन्त्री बोहरा

वि.सं.२०७६ मंसिर १६ सोमवार

810 

shares

१६ मङ्सिर, धनगडी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले धनगढीमा हुन लागेको वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताएका छन् ।

यही मङ्सिर २० गते हुने उक्त सम्मेलनको तयारीबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले वित्तीय गतिविधिमार्फत प्रदेशमा आर्थिक विकासलाई अगाडि बढाउन यो सम्मेलन कोसेढुङ्गा हुने स्पष्ट पारे ।

सो अवसरमा सम्मेलनको तयारी आन्तिम चरणमा पुगेको जानकारी दिइएको थियो । सम्मेलनमा सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुखलगायत झण्डै ४५०भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, देखिएका समस्या र पहुँच बढाउन गर्नुपर्ने उपाय लगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहालले सम्मेलनको उद्घाटन गर्नेे बताइएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच अपेक्षाकृत रुपमा बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यसाथ यो वित्तीय सम्मेलन गर्न लागिएको हो । यस्तो सम्मेलन प्रदेश सरकारको पहलमा नेपालमै पहिलो पटक हुन लागेको हो ।

पत्रकार सम्मेलनमा ‘सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६’को लोगो र नारा पनि सार्वजनिक गरिएको थियो ।

‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने मूल नारा तय गरिएको छ । यो प्रदेशमा रहेका सबै ८८ पालिकामध्ये ८३ पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । पहाडी क्षेत्रको बझाङ र बाजुरा जिल्लाका पाँच वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको पहुँच पुग्न अझै बाँकी छ ।

प्रदेश सरकारले चालू वर्षमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई पनि यो सम्मेलनले टेवा पु¥याउने विश्वास गरिएको छ । प्रदेश सरकारको चालू वर्षको नीति कार्यक्रममा लगानी सम्मेलन गर्ने उल्लेख गरिएको छ । तर लगानी सम्मेलनको मिति तय गर्न बाँकी छ ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १५:५९ मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...