१६ मङ्सिर, काठमाडौँ । गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौर, दाङका राहत शिक्षक टेकमान थापा पक्राउ परेका छन् ।
पक्राउ परेका शिक्षक थापाको नि.मा.वि. तहको अध्यापन अनुमति पत्र नक्कली भएको उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले थापाले नि.मा.वि. तहको झुट्टा एवं नक्कली अध्यापन अनुमति पत्र पेश गरी राहत शिक्षकको रूपमा काम गरेको हुनाले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा निज शिक्षक थापाले उक्त कार्य गरेको सप्रमाण पुष्टि हुन आएकोले निजलाई कार्य भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ मंसिर १६ सोमवार १६:४५ मा प्रकाशित






























