back
CTIZAN AD

माटोमै बजेट पुग्छ-मन्त्री घनश्याम भुसाल

वि.सं.२०७६ मंसिर १६ सोमवार

1K 

shares

१६ मंसिर, काठमाण्डौं । कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुसालले अबको कृषि बजेट माटोमै पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कृषि व्यवसायीकरणको राष्ट्रिय जागरण चलाउँदै आएको अष्ट ज अभियानका अभियन्ता तथा उत्पादक र कृषकहरुसँगको संक्षिप्त भेट तथा अन्तरक्रिया कार्यक्रममा परंपरालाई पुनरावलोकन गर्दै माटोमै बजेट पुर्याउने दावी गरेका हुन् ।

अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईको नेतृत्वमा गएको २५ जनाको समुहलाई सम्बोधन गर्दै मन्त्री भुसालले बजेटलाई माटोमा पुर्याएर उत्पादनमुखी संस्कृति अघि बढाउने, बिचौलिया नियन्त्रण गरी उत्पादक र उपभोक्तालाइ राहत पुर्याउने तथा राज्य र संगठनमा मिलेर उत्पादन जागरण बढाउने कुरामा आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।

अष्ट ज अभियानका सचिव दिनेश भुसालले संयोजन गरेको सो कार्यक्रममा महासचिव निलकण्ठ तिवारीले माटोलाई माया गर्ने संस्कृति भएमात्र उत्पादनमैत्री वातावरण बन्ने, उत्पादनमैत्री वातावरण भएमात्र उत्पादन हुने, उत्पादन भए मात्र आत्मनिर्भर हुन सकिने, आत्मनिर्भर भएमात्र स्वाधीनता हासिल हुने र त्यसपछि मात्र समाजवाद सुदृढ हुने कुरा स्मरण गराएका थिए भने अध्यक्ष लोककृष्ण भट्टराईले कृषि व्यवसायिकरणको राष्ट्रिय जागरण चलाउन आफूहरु तयार भएको बताउँदै आशयपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अभियानका वरिष्ठ उपाध्यक्ष खेम शर्मा पौडेल, उपाध्यक्ष डा. देवकला भण्डारी, सचिव दिनेश भुसाल, चन्दा थापा, दीपक दाहाल, सहकोषाध्यक्ष रामलाल श्रेष्ठ, पुष्कर खड्का, अक्कल तामाङ, रामकुमार केसी, चन्द्रा केसी वास्तोला, होम बहादुर भुसाल,लोकनाथ जमकट्टेल,बहुमुखी लिम्बु, चन्द्र प्रसाद पौडेल, नारायण खड्का, सुदीप शर्मा, मिठाराम न्यौपाने, भोलामान बस्नेत, ज्ञान बहादुर क्षेत्री हरि प्रसाद भुसाल, होम बहादुर खड्का (पुष्कर) लगायतका कृषक तथा अभियन्ता रहेका थिए ।

सोहि अवसरमा कृषकका तर्फबाट धानविज्ञ भोलामान बस्नेत, गाईपालक चन्द्रा केसी बास्तोला, गोलभेडा उत्पादक पुष्कर केसी र कुखुरापालक रामकुमार केसीले विधागत क्षेत्रका समस्याका बारेमा बताएका थिए ।

योजना निर्माणदेखि वीउ, मल, सिंचाइ, प्रकोपरक्षा, उत्पादन, प्रशोधन,भण्डारण र बजार सम्म रहेका कृषि विकासका तगाराहरु पन्छाउन नीतिगत संघर्ष गर्दै आएको अष्ट ज अभियानले राजनीतिज्ञहरु देखि प्रशासन र मेडिया हाउसहरुमा समेत उत्पादनमैत्री अभियानको लागि गमला अभियान चलाउँदै आएको छ ।

यसैबीच सोमबार अपरान्ह नै अभियानका अध्यक्ष लोकृष्ण भट्टराइको सोहि टोलीले काठमाण्डौ महानगरका मेयरका सल्लाहकार राजेन्द्र स्थापितसँग भेटेर उपत्यकाको हरियाली, कौशीखेती तथा करेसाबारी चेतनाका लागि महानगरसँग मिलेर कामगर्न अभियान तयार रहेको बताएको थियो । सोहि क्रममा सल्लाहकार स्थापितले कृषि बजार प्रवद्र्धनका लागि महानगर सकारात्मक रहेको बताएका थिए ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १७:२१ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

डा. राकेश शाह एनएमएमा निर्वाचित

डा. राकेश शाह एनएमएमा निर्वाचित

  काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...