back

छाक टार्न मुसा सिकार

वि.सं.२०७३ मंसिर १९ आइतवार

660 

shares
GLOBAL IME AD
NTC AD

१९ मङ्सिर, पथरी, मोरङ । मुसाको बिज्याईबाट दिक्क नहुने सायदै कम होलान् । त्यस्तै फटाइँ गर्ने मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो ।

उनीहरु मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् । मुसालाई आहार बनाउनकै लागि धेरै मेहनत गर्छन् । परम्पराकै रुपमा ती समुदायले मुसाको सिकार गर्छन् । सीमान्तकृत तथा अति विपन्न समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसाको सिकार गरेर तरकारीको गर्जो टार्ने गरेको पाइन्छ ।

गहुँ छर्ने तयारी भइरहेका खेतमा उनीहरु जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसो भएसम्म खनेर मार्छन् । मोरङको पथरी शनिश्चरेका सन्थाल जातिका पल्टाराम मुर्मु, गोपीलाल मुर्मु र पञ्चु हस्दा मुसा सिकारको खोजीमा शिशवनी जहदाबाट जिल्लाका विभिन्न ठाउँका खेतमा मुसाको दुलो खोल्नेकाम उनीहरुको दिनचर्या जस्तै हो ।

उनीहरु दोहलु, सिरिसे, बयवन, रिगुवा, शनिश्चरे, कीर्तिपुरलगायत क्षेत्रका खेतमा मुसा मार्दै दिन बिताउने गर्छन् । मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको पल्टा मुर्मुको भनाइ छ ।

तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मुसा मासु खाने प्रयोजनका लागि मुसालगायत स्याल, खरायो, वनबिरालो र न्याउरी मुसाको सिकार गर्ने गरेको पल्टाराम मुर्मुको भनाइ छ । विशेष गरी मङ्सिर, पुस, माघ, फागुन, चैत, वैशाखमा आफूहरुले विभिन्न सिकार गर्ने गरेको पथरी शनिश्चरे–११ का पञ्चु हस्दाको भनाइ छ ।

मुसाले खेतमा खनेको मलिलो माटो हेरेर आफूहरुले मुसाको दुलो पत्तो लगाउने गरेको हस्दाको भनाइ छ । यस्तै दोहलुकाका झङ्ग्राहा ऋषिदेवसमेत आफ्ना २ जना नातीसंगै मुसाको सिकारमा हिडने गर्दछन । बजारमा बिक्री हुने माछा मासु अत्यन्त महंगो भएकाले छाक टार्न मुसा मार्न आएको झङग्राहा ऋषिदेवको भनाई छ । मुसाको सिकार गर्ने परिपाटिले एकातिर अन्नबालीको सुरक्षा त हुन्छ नै अर्कोतर्फ विपन्न समुदायका मानिसहरुले पोषणयुक्त आहारा समेत पाउने गरेको मुसाका सिकारीहरुको भनाई छ । रासस

वि.सं.२०७३ मंसिर १९ आइतवार ०४:०१ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...