back
CTIZAN AD

जनावरको दिसाजन्य फोहर व्यवस्थापनको उपाय बायोग्यास

वि.सं.२०७६ मंसिर १७ मंगलवार

840 

shares

१७ मङ्सिर, काठमाडौँ । मासुका लागि प्रयोग गरिने जनावरबाट निस्कने दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गर्न सके काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण कम गर्न सकिने विज्ञको सुझाव छ । काठमाडौँ उपत्यकालाई प्रदूषण पार्ने तत्वमध्ये मासुजन्य वस्तुबाट निस्कने फोहर पनि मुख्यरूपमा रहेकाले यसको व्यवस्थितरूपमा व्यवस्थापन गर्नुपर्ने विज्ञ बताउँछन् ।

काठमाडौँ उपत्यकामा मात्रै दैनिक ८०० राँगाभैँसी बध गर्ने गरिएको छ । यहाँ एउटा राँगाभैँसीबाट १०० किलो फोहर निस्कने गरेको छ । त्यसको व्यवस्थापन पक्ष भने प्रभावकारी छैन, न त पशुबध गर्ने स्थान नै व्यवस्थित छ । हालसम्म राति नदी किनारामा पशुबध गरिँदै आएको छ । मासुजन्य वस्तुबाट निस्कने फोहरमध्ये खसी, बोका र कुखुराभन्दा पनि भैँसी र राँगाबाट निस्कने फोहरले वातावरणलाई बढी प्रभाव पारेको छ ।
वातावरणविज्ञ भूषण तुलाधरले भने “उपत्यकामा अहिले पशुबध गर्ने स्थानभन्दा पनि तिनबाट निस्केको फोहर वस्तु व्यवस्थापन हुन नसक्नु मुख्य समस्याको रूपमा रहेको छ ।” हाल पशुबध गरिएको स्थानलाई केही व्यवस्थापन गरी ती पशुबाट निस्केको दिसाजन्य वस्तु (लादी) बाट बायोग्यास उत्पादन नगरेसम्म यस्ता फोहर व्यवस्थापन गर्न समस्या रहेको उनले बताए ।

मारिएका पशुबाट निस्केको फोहर पुनःप्रयोग गर्न सकिने भएकाले कठिन विषय होइन । राँगाभैँसीबाटै अत्यन्तै धेरै फोहर निस्कने गर्छ । निस्केको फोहरमध्ये छाला र हाड यसअघि पनि पुनःप्रयोग हँुदै आएको छ भने लादीलाई पनि प्रयोग गर्न सकिन्छ । यसको एक मात्र उपाय बायोग्यास उत्पादन गर्नु हो ।

पशुबाट निस्केको लादीबाट बायोग्यास उत्पादन गर्न सकिन्छ, जुन बध गरिएको स्थान नजिकै राख्दा सजिलो हुने तुलाधरले सल्लाह दिए । त्यसका लागि काठमाडौँ महानगरपालिकाले वार्षिक बजेटको व्यवस्थापन गरी काम अघि बढाउनुपर्ने उनको सुझाव छ । लादी व्यवस्थापनको उपाय अवलम्बन नगर्ने हो भने हरेक दिन मासु प्रयोगकर्ताको सङ्ख्या बढिरहेको समयमा यसबाट निस्कने फोहर व्यवस्थापन गर्नु झन् ठूलो चुनौतीका रूपमा देखिने छ ।

शीतघरका जग्गा खोज्दै

कामपाले मासुजन्य वस्तुबाट निस्कने फोहर व्यवस्थापन कार्य केही सहज गराउने उद्देश्यले बाहिरी जिल्लामै पशुबध गरी खानयोग्य मासु मात्र आयात गर्ने व्यवस्था गर्ने जनाए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । मासुजन्य वस्तुबाट उत्पादन हुने फोहर व्यवस्थापन र खान प्रयोग गरिने मासुलाई शीतघरमा राखेर मात्रै उपत्यका भित्र्याउने कुरा अझै अन्योलमा छ ।

पाँच वर्षदेखि नै उपत्यका बाहिर शीतघर निर्माण गर्ने तयारीमा कामपा जुटे पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । शीतघर निर्माणका लागि जग्गा खोजिरहेको कामपाले जनाएको छ । कामपा, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार चितवन र धादिङमा शीतघर निर्माणका लागि जग्गा खोजी भइरहे पनि प्राप्त हुन सकेको छैन । शीतघर निर्माणका लागि कम्तीमा पनि छसात सय रोपनी जग्गा आवश्यक पर्ने कामपाले जनाएको छ । सडक सुविधा नजिक, बत्ती, पानी र ढुवानी सहजरूपमा गर्न सकिने स्थानमा कामपाले जग्गा खोजिरहेको छ । यसरी धेरै जग्गा एकै स्थानमा प्राप्त हुन सकेको छैन ।

पशुबधस्थल व्यवस्थापन चुनौती

घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा कामपालाई हाल सञ्चालनमा रहेका बधस्थल व्यवस्थापनको काममा समस्या भएको छ । व्यवसाय सञ्चालकले आफ्नो जमीन नभएको र जग्गाधनीले जग्गा नदिँदा व्यवस्थितरूपमा व्यवसाय सञ्चालन हुन नसकेको गुनासो गरेका छन् ।

कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बधस्थल सञ्चालनमा पहिलेभन्दा केही सुधार आए पनि यसले अपुग भएकाले व्यवस्थापनका लागि कामपाले प्रयास गरिरहेको छ । सम्बन्धित वडाको अगुवाइमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्ने र नियमित अनुमगन गर्ने कार्यमा कामपा लागिरहेको श्रेष्ठ बताउनुहुन्छ । अहिले विष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशुबधशाला छन् । पहिले खोलाकै किनारामा पशुबध हुने गरेको थियो । हाल कामपामा करीब ५० बधस्थल सञ्चालनमा छन् । नब्बे प्रतिशत पशुबधस्थल नियमविपरीत रहेको कामपाले स्वीकारेको छ ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार ११:२९ मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...