back
CTIZAN AD

अपाङ्गता भएका व्यक्ति सामाजिक कार्यमा अग्रसर

वि.सं.२०७६ मंसिर १७ मंगलवार

912 

shares

१७ मङ्सिर, दाङ । अपाङ्ग मानव अधिकार एवं सरोकार केन्द्र दाङका अध्यक्ष शिव घर्तीको बायाँ खुट्टा कमजोर छ । उनी लौरोको साहारा बिना हिँडडुल गर्न सक्दैनन् । जन्मिँदै पोलियोको सिकार भए पछि उनको शारीरिक अवस्था कमजोर भएको हो तर शरीर कमजोर भए पनि उनको सामाजिकस्तर भने निकै अब्बल छ ।

उनी एउटा सामाजिक अभियन्ता छन् । लामो समयदेखि सञ्चारकर्मीको रुपमा परिचित उनी नेपाल पत्रकार महासङ्घका जिल्ला सदस्य पनि छन् । उनी आवश्यक परे समाचार लेख्नुहुन्छ, रेडियोमा कार्यक्रम चलाउँछन् । ठाउँठाउँमा पुगेर अपाङ्गताको सवालमा गहकिलो भाषण गर्छन् । अपाङ्गता भएकाको बारेमा वकालत गर्नुहुन्छ । र आफ्नो बुबाआमा, श्रीमती र आफ्ना दुई बच्चासहित परिवारलाई उनको एक्लो कमाइ कै भर छ ।

घोराही, १९ बालिकोटमा जन्मिएका घर्तीले आठ÷नौ वर्षको उमेरमा मात्रै विद्यालयको ढोका टेक्न पाए । घरको आर्थिक अवस्था कमजोर भएको कारण साना केटाकेटीलाई ट्युशन पढाएर भए पनि उनले आफ्नो कलेजको खर्च धानेको सुनाउँछन् । उनी अहिले राष्ट्रिय अपाङ्ग महासङ्घ जिल्ला कार्यसमितिको अध्यक्ष पनि छन् । सुरुमा अपाङ्गता मानव अधिकार एवं सरोकार केन्द्रमा फिल्ड अफिसरदेखि लेखा अधिकृतसम्म भएर काम गरे । अहिले सोही संस्थाको अध्यक्ष भएर काम गरिरहेका छन् ।

“सामाजिक क्षेत्रमा काम गर्न शारीरिकरुपमा समस्या भए पनि आफन्तको सहयोग, आत्म विश्वासमा कमी भएन”, उनी भन्छन् । उनी अन्य अपाङ्गता भएकालाई पनि सकारात्मक सोचका साथ आत्मविश्वास लिएर काम गर्न आग्रह गर्छन् । त्यसमा पनि परिवार, आफन्त र सिङ्गो समाजको सहयोग चाहिने उनी बताउँछन् । “सहयोग गर्नेहरु हुनुप¥यो । आफू गर्छु । गर्न सक्छु । भन्ने हुनुप¥यो ।” उनले भने, “हरेक परिवारले सहयोग त गर्छन् तर अपाङ्गतालाई लिएर, प्याच्च बोल्ने, टर्रो भाषामा माया देखाउँदा पिर पर्छ ।”

मुख्य कुरा त अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोण जनचेतनाको कमीजस्ता कारण नै मुख्य रहेको उनी बताउँछन् । यस्तै अपाङ्गतामा पनि आिर्थक अवस्थाको आधारमा परिवारमा सम्मान पाउने वा माया पाउने भन्ने कुरामा निर्भर पर्ने उनको अनुभव छ । पछिल्लो समयमा कानूनी रुप मै सबै क्षेत्रमा समावेशी सहभागिताको कुरा आए पछि भने आफूहरुलाई काम गर्न धेरै सजिलो भएको उनी बताउँछन् । “समावेशी व्यवस्थाले हामीलाई फाइदा गरेको छ । यसको हामीले भरपुर उपयोग गर्न सक्नुपर्छ”, उनी भन्छन् ।

नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रकी सचिव भुमा चौधरीको कम्मरदेखि तलतिरको भागले खासै काम गर्दैन । उनका दुवै खुट्टा कमजोर छन् । घोराही उपमहानगरपालिका–१५ निवासी चौधरीले सामाजिक क्षेत्रमा सक्रिय भएर काम गर्न थालेको करिब १५ वर्ष भयो । उनले पनि स्नातक तहसम्म अध्ययन गरेर अहिले सामाजिक क्षेत्रमा सक्रिय छन् । क्याम्पस पढ्दै गर्दा अपाङ्ग मानव अधिकार एवं सरोकार केन्द्रको सम्पर्कमा आएकी उनी त्यसपछि निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

सामाजिक क्षेत्रमा काम गर्दा आर्थिकरुपमा कमाउन नसके पनि नाम, पहिचान र आत्मविश्वास कमाएको उनी बताउँछन् । “संस्थामा आबद्ध हुँदा शुरुशुरुमा कार्यक्रममा जाने, कुरा सुन्न गर्न थाले । पछि अपाङ्गताका कुरा पनि राख्न थाले”, उनले भने, “यसरी काम गर्दै गर्दा सबै क्षेत्र र निकायका व्यक्तिसँग सम्पर्क बढ्ने चिनजान पनि भयो र काम गर्न सजिलो भयो ।”

अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको गैरसरकारी संस्था नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको उनी केन्द्रीय सदस्य पनि थिए । उनी अहिले जिल्ला सचिव र महिला विभाग संयोजकको रुपमा अपाङ्ग पुनःस्थापना केन्द्र सञ्चालनमा मुख्य भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा रहनुभएकी चौधरी अपाङ्ग हँुदैमा घर मै लुकेर नबस्ने सल्लाह दिन्छन् । “कोही अपाङ्गता भएको हुनुहुन्छ र तपाईलाई समस्या छ भने हामीलाई भन्नुस् । नभए आफन्त टोल छिमेकलाई यो कुरा राख्नुस्”, उनी भन्छन् “आफूमा आत्मविश्वासको विकास गरे हरेक काम गर्न सकिन्छ ।” पहिलेको तुलनामा परिवारमा हेला गर्ने परिपाटी कम भएको भन्दै चौधरी भन्नुहुन्छ, “आर्थिकरुपमा अशक्तलाई नै समस्या अपमान, हेला, बेवास्ताजस्ता समस्या देखिएका छन् ।”

सोही कारण पनि अपाङ्गता भएका हातमा सीप सिकेर आफूले गर्न सक्ने काम गरेर आर्थिकरुपमा सक्षम हुनुपर्ने उनको भनाइ छ । उनीहरु त अपाङ्गताको क्षेत्रमा सक्रिय भएर काम गरिरहेका एक प्रतिनिधि पात्र मात्र छन् । अहिले समाजमा धेरै व्यक्ति यसरी नै सक्षम भएर काम गरिरहेका छन् र समाजलाई एउटा गतिलो प्रेरेणा पस्किरहेका छन् । विशेष गरी अपाङ्गता भएका व्यक्तिको शिक्षादीक्षामा जोड दिनसके उनीहरुले सुनौलो भविष्य कोर्न समय लाउँदैनन् । (रासस)

वि.सं.२०७६ मंसिर १७ मंगलवार १४:३५ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...