back
CTIZAN AD

विश्वभरीका सुन्दरीलाई नेपाल भ्रमणमा बोलाउँदै अनुष्का

वि.सं.२०७६ मंसिर १७ मंगलवार

738 

shares

१६ मंसिर, लन्डन । मिस वल्र्ड प्रतियोगिताको तयारीका लागि लन्डनमा रहेकी अनुष्का श्रेष्ठले नेपाललाई विश्वमा चिनाउने कार्यमा सक्रिय भएर लागेकी छन् ।

मिस नेपाल अनुष्का श्रेष्ठ अहिले मिस वल्ड प्रतियोगिताको लागि लन्डनमा छन् । जसमा नेपाल सगरमाथाको देश,बुद्ध जन्मेको देश भनेर विश्वभरीका सुन्दरीलाई चिनाउने कार्यमा अहोरात्र खटिरहेकी छन् । साथै अनुष्काले भिजीट नेपालको लागि १ सय २५ देशलाई निम्त्याउँदै छन् ।
मिस वल्डमा सहभागि अनुष्काले भिजीट नेपालको लागि विश्वभरीबाट सहभागिहरुलाई निमन्त्रणा गर्दै नेपाल भ्रमणमा बोलाएको बताइएको छ ।

नेपाल सरकारले भिजीट नेपाल २०२० मनाउन लागिरहेको बेला लन्डनमा रहेकीे अनुष्काले विश्वभरिका सबैलाई निमन्त्रणा दिने क्रम जारी राखेको बताइएको छ । मिस वल्ड नेपालको फेसबुकमार्फत अनुष्काले लाईभ गर्दै विश्वभरिबाट सहभागि सुन्दरीहरुलाई भिजीट नेपालको लागि आग्रह समेत गरेकी हुन् ।

अनुष्काले प्रचारका क्रममा नेपालको झन्डा राखिएको भिजीट नेपालको पर्चालगायतका सामग्री समेत बाँडिरहेकी छन् । साथै अनुष्काले विश्वभरिका सुन्दरीलाई नेपाल चिनाउँदै नेपाललाई कहिल्यै बिर्सन नसक्ने गरि चिनो प्रदान गरेको समेत बताइएको छ ।

यही डिसेम्बर १४ तारिखमा हुन गइरहेको मिस वल्ड प्रतियोगिताको लागि विश्वभरीबाट करिव १ सय २५ देशको सहभागिता रहेको छ । मिस वल्र्डमा सहभागि अनुष्का यतिखेर मिस वल्डको आन्तरिक गृहकार्यमा ब्यस्त छन् । अनुष्काले सबैमा सहयोगको लागि आग्रह समेत गरेकी छन् । यसपटक मिस वल्र्डमा नेपालको बलियो उपस्थिति हुने देखिएको छ ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १४:४४ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...