back

१३ औँ साग : महिला फुटबलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै

वि.सं.२०७६ मंसिर १७ मंगलवार

264 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१७ मङ्सिर, कास्की । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो ।

नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८ आँै मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो ।

नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच गरेकी थिइन् । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए । सो को अवसरमा नेपाली खेलाडीले पटक पटक डिबक्सभित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन् । टिमका क्यापटेन निरु थापाले खेलको ३८आँै मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथना ले सहजै रोकिन् ।

नेपाली टिमका जर्सी नं नौ लगाएर मैदानमा उत्रिएकी सवित्रा भण्डारी खेल अवधिभर दर्शकको नजरमा रहिन् । खेल अवधिभर नेपालले दबाब राखेको भए पनि नतिजा निकाल्न नसके पछि नेपाली महिला टिमका हेड कोच हरि खड्काले खेलको ३२ औँ मिनेटमा दीपा राईलाई मैदान बाहिर निकालेर सरुलाई मैदानभित्र प्रवेश गराएका थिए । खेल अवधिभर पूरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ आँै मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बारबाट बाहिरिएको थियो ।

खेलपश्चात श्रीलङ्का महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताए । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए । नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले आजको श्रीलङ्काविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १४:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

दमौली (तनहुँ) । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट...

कार्यालय परिसरमै नकुहिने फोहर व्यवस्थापन गर्दै नगरपालिका

कार्यालय परिसरमै नकुहिने फोहर व्यवस्थापन गर्दै नगरपालिका

डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने...

पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ वटा सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा...

साउन महिना सुरु भएसँगै सन्तानेश्वरमा पर्यटकको चहलपहल

साउन महिना सुरु भएसँगै सन्तानेश्वरमा पर्यटकको चहलपहल

राँझा (बाँके) । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव...

पालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

पालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

गोरखा । यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त...

पोखरा महानगरका सडक मापदण्डभित्रका संरचना हटाउन सुरु

पोखरा महानगरका सडक मापदण्डभित्रका संरचना हटाउन सुरु

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म...