back
CTIZAN AD

अपाङ्गता भएका व्यक्तिका लागि नियमावली ल्याइने – मन्त्री गुरुङ

वि.सं.२०७६ मंसिर १७ मंगलवार

828 

shares

१७ मङ्सिर, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली चाँडै ल्याइने बताएका छन् ।

“अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाबाट वञ्चित हुन नदिन चाँडै नियमावली ल्याउने तयारी भइरहेको छ, त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोगको जरुरी छ”, मन्त्री गुरुङले भने, “मन्त्रालयले पहिलोपटक राष्ट्रिय प्रतिवेदन निकाल्ने तयारी गरिरहेको छ, हालसम्म अपाङ्गता भएका व्यक्तिको राष्ट्रियस्तरको छुट्टै प्रतिवेदन बन्न सकेको छैन ।”

राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिको २८ औँ अन्तर्राष्ट्रिय दिवसका अवसर आज आयोजित कार्यक्रममा उहाँले अपाङ्गतासम्बन्धी नीति तथा कानूनलाई समावेशी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सरकार तयार रहेको स्पष्ट पारे ।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले अपाङ्गता भएका व्यक्तिको उत्थानमा लागि पर्न सरोकारवाला सबै पक्षसँग आग्रह गरेका थिए ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १५:०४ मा प्रकाशित

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...