back
CTIZAN AD

आइएफआरसीको महासचिव पदमा चापागाईं

वि.सं.२०७६ मंसिर १८ बुधवार

840 

shares

१८ मसिंर, काठमाडौँ । विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी)को महासचिव पदमा जगन चापागाईं छानिएका छन् । उनले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नुहुनेछ ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागाईं सो पदमा पुग्ने पहिलो नेपाली हुन् । देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन् ।

आइएफआरसीको मङ्गलबार बसेको गभर्निङ बोर्डको विशेष बैठकबाट चापागाईं सो पदमा छानिनुभएको आइएफआरसीले मङ्गलबार जनाएको छ । उनले यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागाईं महासचिव पदमा छानिएको बैठकमा जानकारी दिएका थिए । यसअघि सो पदमा इलाड सई कार्यरत थिए । विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई÷मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

वि.सं.२०७६ मंसिर १८ बुधवार ०८:४८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...