back
CTIZAN AD

बागलुङ दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

वि.सं.२०७६ मंसिर १८ बुधवार

810 

shares

१८ मङ्सिर, बागलुङ । मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा मृत्यु भएका इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र दुई वर्षीया अनुस्का कार्कीको दाहसंस्कार गरिएको छ । त्यस्तै सोही गाउँपालिका वडा नं ५ की ४० वर्षीया बवसुन्धरा कार्की र २३ वर्षीया माया थापाको पनि सामूहिक दाहसंस्कार गरिएको स्थानीय लङ्कबहादुर बस्नेतले बताए ।

अस्पतालमै शव

कञ्चनपुरबाट धनबहादुर कार्की पहिलोपटक दाजुभाइ खोज्दै कुलपूजाका लागि इस्मा आएका थिए तर दाजुभाइसँगको भेट अन्तिम मात्रै रह्यो । जे उद्देश्य बोकेर आए, त्यो पूरा भएन । अन्तत घरसमेत फर्किन पाइएन । कुलपूजाकै लागि इस्मा आएका ५५ वर्षीय कार्कीको पनि दुर्घटनामा परी मृत्यु भयो । उनको शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । उनका आफन्त आएपछि बुझाइने भएकाले शव अस्पतालमै राखिएको भतिज बद्री कार्कीले जानकारी दिए ।

बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसंस्कार गरेका छन् । लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा परेका थिए । इस्मा–४ का गाडी चालक २५ वर्षीय रेशम थापाको शव मङ्गलबार नै परिवारले बुझेका थिए । उनको निस्ती दोभानमा आज बिहान दाहसंस्कार गरिएको स्थानीय रामबहादुर रेश्मीले जानकारी दिए । त्यस्तै नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ ।

बेपत्ताको खोजी, घाइतेको उपचार

दुर्घटनामा परेका इस्मा–४ दोहोलीका धनबहादुर कार्की अहिलेसम्म पनि बेपत्ता छन् । बुहारी सूचना कार्कीको मृत्यु भयो । नाति चार वर्षीय हिमाल कार्की अस्पतालमा छन् । मङ्गलबार दिनभर दुर्घटनास्थलमा खोजतलास गरे पनि शव भेटिएको छैन । दुर्घटनामा नवलपरासी बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गापा–४ का चार वर्षीय हिमाल कार्की र २४ वर्षीया निमा केसी घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ । अहिले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

गाउँपालिकाद्वारा शोक बिदा

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश इस्मा गाउँपालिकाका छन् । जसले गर्दा गाउँपालिका र सिङ्गो जिल्ला शोकमा डुबेको छ । इस्माका पनि विशेष गरी कार्की र बस्नेत परिवार बढी शोकमा छन् । कतिका सिन्दूर पुछिएका छन्, भने कतिका काख रित्तिएका छन् । दुर्घटनामा इस्मालीले ज्यान गुमाएको भन्दै गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ ।

दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । अहिले विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन भएको छ । गाउँपालिकाले आज स्थगित प्रावि तहको परीक्षा यही मङ्सिर १९ र निमावि तथा माविको मङ्सिर २० गते सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । (रासस)

वि.सं.२०७६ मंसिर १८ बुधवार १३:०३ मा प्रकाशित

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...