back
CTIZAN AD

नेपाली महिला क्रिकेट टोली बङ्गलादेशसँग १० विकेटले पराजित

वि.सं.२०७६ मंसिर १८ बुधवार

753 

shares

१८ मङ्सिर, कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बङ्गलादेशले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा केवल ५० रन जोडेको थियो ।

नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक १२ रन र इन्दु वर्माले १० रन जोडे पनि अन्य ब्याट्स वुमनले दोहोरो अङ्क जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले पाँच, सिता रानामगरले तीन, ममता चौधरीले एक रन जोडिन भने अन्य खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालका चार महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन् । त्यस्तै जहनारा आलमले दुई, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान एक÷एक विकेट लिए । एकाउन्न रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले विना क्षति ७।४ ओभरमै जीत निकाल्यो ।
बङ्गलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । बाइस बलको सामना गरेकी रहमानले तीन चौकासहित २६ रन हानेकी थिइन् भने २४ बलको सामना गरेकी खातुनले चार चौकासहित २३ रन हानेकी हुन् । चार ओभरमा दुई मेडनसहित आठ रन खर्चेर नेपालका महत्वपूर्ण चार विकेट हत्याउने रबेया प्लेयर अफ दी म्याच घोषित भइन् । आजै श्रीलङ्का र मालदिभ्सबीच अर्को खेल हुनेछ ।

वि.सं.२०७६ मंसिर १८ बुधवार १३:५६ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...