साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ को बालकथा संङ्ग्रह ‘किट्टी’ सार्वजनिक भएको छ ।
लम्जुङ घर भइ पोखरामा रहेर साहित्य क्षेत्रमा शसक्त पहिचान बनाएकी साहित्यकार सरुले चौथो कृति तथा पहिलो बालकथा संङ्ग्रह ‘किट्टी’ बजारमा ल्याएकी हुन् ।
शिक्षण पेशामा आवद्ध सरुले बालबालिकासँग नजिकिएपछि मौखिक रुपमा कथा सुनाउँदा सुनाउँदै बालबालिकाको पढाइमा रुचि जागोस् भन्ने उद्धेश्ले बालकथा लेख्नका लागि प्रेरित भएको बताएकी छन् । उक्त बालकथा संग्रह ‘किट्टी’ को प्रकाशक बिएन पुस्तक रहेको छ ।
साहित्यमा विशेषत गीत तथा कविता विधामा बढी कलम चलाउने कवियत्री सरुका कविता शसक्त तथा देश र समाजका लागि सकारात्मक सन्देश दिने खालका हुन्छन् । सरुले यसभन्दा अघि ‘थुँगा थुँगा जिन्दगानी’ गिती संग्रह–२०६३, ‘एक झुल्को घाम ओर्लेर सडकमा’ २०६७ र ‘फूलहरुको आँधी’ नामक कविता संङ्ग्रह २०७४ बजारमा आइसकेको छ ।

वि.सं.२०७६ मंसिर १८ बुधवार १६:०१ मा प्रकाशित






























