back
CTIZAN AD

जापान जानका लागि आवेदन दिएका १३ हजार नै सीप र भाषा परीक्षामा फेल !

वि.सं.२०७६ मंसिर १९ बिहीवार

816 

shares

१९ मंसिर, काठमाण्डौं । बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् ।

पहिलो चरणमा जापान फाउन्डेशनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्र्र्तीण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने एकजना पास भएको समाचार विहिबारको गोरखापत्र दैनिकमा रहेको छ ।

भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’ मार्फत् एकहजार जना छनौटमा परेका थिए । ती मध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनौटमा ४९७ जना परीक्षामा सहभागी थिए ।

जसमा ५६ जनामात्र उत्र्तीण भए । उत्र्तीण भएका मध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर,भाषा परीक्षामा एकजना मात्र उत्र्तीण भए भने सीप परीक्षामा सबै असफल भएका छन् ।

जापान सरकार र नेपाल सरकारबीच गएको चैत ११ गते जापानी नागरिसरह सेवा सुविधा दिएर जापानमा नेपाली श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ मा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौता अनुसार भाषा र सीप दुवैमा उत्र्तीण भएमात्र जापान जान सकिन्छ । तर सीप परीक्षामै पहिलो चरणमा सहभागी भएका मध्ये एकजना पनि उत्र्तीण नभएपछि जापान जाने प्रक्रियामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०९:१५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...