back
CTIZAN AD

रुक्मिणी माविले गरर्याे उदाहरणीय  काम

वि.सं.२०७६ मंसिर १९ बिहीवार

822 

shares

१९ मसिंर, रुकुम । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयले सहाराविहीन विद्यार्थीलाई विद्यायमै पढाउन थालेको छ ।

विभिन्न कारणले सहाराविहीन बनेका जिल्लाका १३ विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन थालिएको हो । कक्षा १ देखि ९ सम्मका नियमित विद्यालय आउन नसक्ने सहाराविहीन विद्यार्थी छनोट गरेर विद्यालयले पठनपाठनका साथै खाने र बस्ने व्यवस्था पनि विद्यालयमै गरिदिएको विद्यालयले जनाएको छ ।

सहाराविहीन १३ विद्यार्थीलाई विद्यालायमा राखे पनि विद्यालयमा छात्रावास भने छैन । तर, विद्यालय भवनलाई नै विद्यार्थी बस्ने गरी व्यवस्थापन गरिएको छ ।

सहाराविहीन भएकै कारण शिक्षाबाट बञ्चित नहुन् भनेर विद्यालयमै राखेर पढाउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिए । “सम्बन्धित वडाको सिफारिशका आधारमा विद्यार्थी छानेर विद्यालयमै राखेर पढाउन थालेको हौँ”, अध्यक्ष समालले भने “विद्यालयमा रुकुमपूर्वका तीन स्थानीय तहका मात्र नभएर रुकुमपश्चिमका समेत विद्यार्थी छन् ।”

बुबाआमा नभएका एवं बुबा र आमामध्ये एक नभएका विद्यार्थी नियमित पठनपाठनबाट बञ्जित भएपछि विद्यालयले आफ्नै स्रोतबाट विद्यालयमै बसेर पढ्ने व्यवस्था गरेको अध्यक्ष समालको भनाइ छ ।

केही विद्यार्थी नियमित पढ्न आउन नसक्ने भएपछि सोधखोज गरेर उनीहरुलाई विद्यालयमै राखेर पढाउन थालिएको प्रधानाध्यापक कृष्ण गौतमले बताए ।

“ठूलोबुबा, काका, फुपू र सानीआमा तथा आफन्तको घरमा बसेर पढ्न आउँदा विद्यार्थी नियमित हुन सकेनन्”, उनले भने । घरमा काम गरेर आउनुपर्दा विद्यालय ढिलो पुग्ने र कहिलेकाहीँ त विद्यालय नै छुट्ने भएपछि विद्यालयमै बस्ने व्यवस्था गरेको उनको भनाइ छ ।

उनका अनुसार कम्तीमा २० जति विद्यार्थीलाई आवासीय सुविधा दिएर पठनपाठन गराउने विद्यालयको उद्देश्यअनुसार सहाराविहीन बालबालिकालाई निःशुल्क पढाउन शुरु गरिएको छ । प्रतिविद्यार्थी मासिक रु दुई हजार तिर्ने गरी खाना खुवाउने व्यक्तिसँग विद्यालयले सम्झौता गरेको छ ।

हाल विद्यालयको आन्तरिक स्रोतबाट त्यसको व्यवस्थापन गरिए पनि केही निकायसँग सहयोगका लागि पनि सरसल्लाह भइरहेको प्रधानाध्यापक गौतमले बताए ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०९:१० मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...