back
CTIZAN AD

समुदाय -प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

वि.सं.२०७६ मंसिर १९ बिहीवार

891 

shares

१९ मंसिर, बर्दिया । समुदाय प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम बर्दियामा सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’भन्ने मूल नाराका साथ गुलरिया नगरपालिका -८ सुरजपुरस्थित बालबिद्या मन्दिर प्रावि बर्दियाको प्राङ्गणमा बुधबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया,स्थानीय तह,अन्तरपार्टी महिला संजाल तथा अन्य सरोकारवाला संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका उप–प्रमुख शुसिला गिरी,बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, अन्तरपार्टी महिला सन्जालका संयोजक मिथिला फुयाल, स्थानीय तहका जनप्रतिनिधि र महिला सन्जालका प्रतिनिधिहरु लगायतका  सहभागिता रहेको थियो ।

साथै गुलिरया नगरपालिका–२ संगमबस्ती, बढैयाताल गाउँपालिका-५ जगतपुर, ठाकुरबाबा नगरपालिका-६ बकुवा र गेरुवा गाउँपालिका-४ सतवरीया चोकमा समेत उक्त जनचेतनामूलक कार्यक्रमसम्पन्न भएको जिल्ला प्रहरी कार्यालत बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष कार्यक्रमको रुपमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई ८ वटा स्थानिय तहका सबै वडाभित्र हिंसाबाट पीडित समूहलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरेहको उक्त कार्यालयले जनाएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १२:३५ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...