back
CTIZAN AD

सवारी दुर्घटनामा दुईको मृत्यु

वि.सं.२०७६ मंसिर १९ बिहीवार

924 

shares

१९ मंसिर , काठमाडौं । नवलपरासी(पूर्व) र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

नवलपरासी(पूर्व),गैंडाकोट नगरपालिका-२ नमस्ते चोकस्थित सडकमा ना.६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक चितवन भरतपुर महानगरपालिका– १० बस्ने २६ वर्षीय बीरेन्द्र गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका–४ का आकाश सिंजालीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै डोटी,जोरायल गाउँपालिका–२ बुडर जोरायलस्थित सडकमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

धनगढीबाट जोरायलतर्फ जाँदै गरेको से.१च २०३९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपका चालक जोरायल गाउँपालिका-२ बाजीलेक बस्ने आश्रम थापामगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १३:१६ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...