back

१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ – मुख्यमन्त्री राई

वि.सं.२०७६ मंसिर २० शुक्रवार

261 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२० मङ्सिर, मोरङ । सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ ।

ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा रु सात करोडको नगरप्रमुख आवास योजना, वडा नं ४ मा रु २० करोड ९६ लाखकोे रङ्गशाला र सोही वडामा रु १२ करोड ३७ लाखको हाटबजार रहेका छन् ।
‘दुहवी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि, खेलकूद र व्यापार नाराकासहित पर्यटन क्षेत्र विकास सन्दर्भमा बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा ती योजना सार्वजनिक गरिएको हो । ती योजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भएका छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन पूर्वाधार निर्माणले यस क्षेत्रमा छिमेकी देशका पर्यटकको आवागमन वृद्धिबाट समृद्ध कायम हुने बताए ।

उनले भने “प्रदेश सरकारले आगाडि बढाएको योजनाबद्ध विकास कार्यमा सङ्घीय, स्थानीय र निजी क्षेत्रसँग समन्वय गरी जनतामा रोजगारी उपलब्ध गराउनाका साथै आधुनिक कृषि प्रणालीबाट आत्मनिर्भर हुने छ, ”

मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माणका लागि शहरी विकास, पर्यटन क्षेत्रका लागि १० वर्षे गुरुयोजना चाँडै सार्वजनिक गरिने बताए ।
सो अवसरमा योजना सार्वजनिक गर्दै नगरपालिकामा प्रमुख वेद गच्छदारले योजनाको निर्माणबाट जनताको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरे । (रासस)

वि.सं.२०७६ मंसिर २० शुक्रवार १२:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
ट्राफिक कारबाहीबाट १७ करोड भन्दाबढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट १७ करोड भन्दाबढी राजस्व सङ्कलन

विराटनगर । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा...

काकडभिट्टाबाट १८ अर्ब बढीको कृषिजन्य वस्तु भारत निर्यात

काकडभिट्टाबाट १८ अर्ब बढीको कृषिजन्य वस्तु भारत निर्यात

झापा । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५...

उत्पादन घट्दै जाँदा कोदोको आयात बढ्यो

उत्पादन घट्दै जाँदा कोदोको आयात बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि...

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय...

काँकडभिट्टाबाट कृषिजन्य वस्तु आयातभन्दा निर्यात बढी

काँकडभिट्टाबाट कृषिजन्य वस्तु आयातभन्दा निर्यात बढी

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य...