back
CTIZAN AD

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

वि.सं.२०७६ मंसिर २० शुक्रवार

750 

shares

२० मंसिर, काठमाडौं । ललितपुर, कपिलवस्तु, चितवन, काभ्रे, रुपन्देही, सर्लाही र नवलपरासी(पश्चिम)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.८ ख २८२६ नम्बरको टिपरमा बा.८७ प २२८५ नम्बरको स्कुटर बिहीबार राति ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका स्कुटरका चालक मुगु घर भएका पावल साउद र स्कुटरमा सवार ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने झापा घर भएकी प्रतिमा केसीको उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका १ मडाहास्थित सडकमा कृष्णनगरबाट गणेशपुरतर्फ जाँदै गरेको लु.१ ह ३०५० नम्बरको अटो रिक्शाबाट खसेर १ जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका कृष्णनगर नगरपालिका २ झण्डे नगर का श्यामसुन्दर चौहानलाई उपचारको लागि अनवर मेडिकल कृष्णनगरतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । फरार रिक्शा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका १५ स्थित सडकमा ना.४० प ७३१३ नम्बरको मोटरसाइकल र लु.४ प ६६५० नम्बरको मोटरसाइकल बिहीबार साँझ एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका ना.४० प ७३१३ नम्बरको मोटरसाइकल चालक सोही महानगरपालिका का रामचन्द्र रेग्मीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका लु.४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका २० बस्ने २५ वर्षीय मान बहादुर मस्र्याङगीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रे, पाँचखाल नगरपालिका ८ त्रिपन्न किलोस्थित सडकमा प्रदेश नम्बर ३–०२–००५ प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी दाउन्ने गाउँपालिका ७ का निरमाया तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकको श्रीमान ५० वर्षीय खुशिमान तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देही, सैनामैना नगरपालिका १० फायरलाईनस्थित सडकमा लु.१ ख ६४५९ नम्बरको ट्रकमा लु.५७ प ६५८५ नम्बरको मोटरसाइकल बिहीबार साँझ ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक सैनामैना नगरपालिका १ पर्रोहा का केदारनाथ थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, लालबन्दी नगरपालिका १ तेलबालीस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल पहिचान नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बिहीबार राति घट्नास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका २ चिसापानीस्थित सडकमा १ जनाको मृत्यु भएको छ । ना.५ ख २२३४ नम्बरको बसले लु.१० प ७०६६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दघाट नगरपालिका २ का प्रबिन श्रेष्ठको सामुदायिक अस्पताल चिसापानीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हाल पहिचान नखुलेकी अन्दाजी २३ वर्षीया महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १३:२० मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...