back

एसोएस बालग्रामले गरर्याे अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

वि.सं.२०७६ मंसिर २० शुक्रवार

180 

shares
NTC AD
Global IME AD

२० मसिंर, बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटमा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालकलाई एसोएस बालग्राम धनगढीले लालनपालनसहित उद्धार गरेको छ । बच्चाको सहयोगका लागि सङ्कलित रकम बच्चाका बुबालाई हस्तान्तरण गरिएको छ ।

दुई बालक अलपत्र परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशितपछि उद्धार गरिएको एसोएस बालग्राम धनगढीका प्रमुख पदम हमालले बताए । आमा बच्ची ल्वारको गत साउनमा मृत्युपछि तीन वर्षको देवदत्त ल्वार र ६ महिनाकी वसन्ती ल्वार बेसाहारा बनेका हुन् ।

बच्चाको दूध, लत्ताकपडा र खाद्यान्नका लागि सहयोग भन्दै देशभित्र र बाहिर बसेका नेपालीबाट सङ्कलन भएको रु ६६ हजार १५० प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बच्चाको बुबालाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिए ।

बालक र बालिका अलपत्र अवस्थामा परेको थाहा पाएपछि उद्धार गरेको एसोएस धनगढीले जनाएकोे छ । सञ्चारमाध्यममा अलपत्र बालबालिका समाचार प्रकाशित तथा प्रसारित भएको थाहा पाएपछि देशभित्र र बाहिरबाट पनि धेरथोर सहयोग जुटेको छ । सानै रकम भए पनि सहयोग गरेको अमेरिका बस्दै आउनुभएकी गङ्गा कोइरालाले बताए ।

स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले पनि ती नाकालकलाई रु २५ हजार सहयोग गरेको बताए । सम्पत्तिको नाममा एउटा घरसमेत नभएको ल्वार परिवारलाई साना बालबच्चा हुर्काउन निकै मुस्किल भएको छ ।

विद्यार्थीलाई तातो कपडा वितरण

पछिल्लो समयमा निकै चिसो बढेसँगै सर्वसाधारणले बिहान र बेलुकी निकै सास्ती भोग्दै आएका छन् । एकैचोटी ह्वात्तै चिसो बढेकाले यहाँका बालबालिका, वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

चिसोबाट बच्नका लागि यहाँस्थित बडीमालिका नगरपालिका–७ ढम्कनेस्थित सरस्वती आधारभूत विद्यालयका २०० विद्यार्थीलाई टोपी र मोजा वितरण गरिएको छ । बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायको समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा विद्यार्थीलाई चिसोबाट बच्नका लागि टोपी र मोजा वितरण गरिएको छ ।

अत्यधिक चिसोका कारण विद्यार्थीको पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले विद्यार्थीलाई टोपी र मोजा सहयोग गरिएको वडाध्यक्ष पाध्यायले बताए । चिसोकै कारण विद्यालयमा विद्यार्थी कममात्रामा विद्यालय आउने र आए पनि बीचैमा नपढेर घर फर्किने गरेकामा अहिले तातो कपडा पाएपछि विद्यार्थी नियमित आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धाँमीले बताए ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १४:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...