back
CTIZAN AD

एसोएस बालग्रामले गरर्याे अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग

वि.सं.२०७६ मंसिर २० शुक्रवार

969 

shares

२० मसिंर, बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटमा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालकलाई एसोएस बालग्राम धनगढीले लालनपालनसहित उद्धार गरेको छ । बच्चाको सहयोगका लागि सङ्कलित रकम बच्चाका बुबालाई हस्तान्तरण गरिएको छ ।

दुई बालक अलपत्र परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशितपछि उद्धार गरिएको एसोएस बालग्राम धनगढीका प्रमुख पदम हमालले बताए । आमा बच्ची ल्वारको गत साउनमा मृत्युपछि तीन वर्षको देवदत्त ल्वार र ६ महिनाकी वसन्ती ल्वार बेसाहारा बनेका हुन् ।

बच्चाको दूध, लत्ताकपडा र खाद्यान्नका लागि सहयोग भन्दै देशभित्र र बाहिर बसेका नेपालीबाट सङ्कलन भएको रु ६६ हजार १५० प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बच्चाको बुबालाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिए ।

बालक र बालिका अलपत्र अवस्थामा परेको थाहा पाएपछि उद्धार गरेको एसोएस धनगढीले जनाएकोे छ । सञ्चारमाध्यममा अलपत्र बालबालिका समाचार प्रकाशित तथा प्रसारित भएको थाहा पाएपछि देशभित्र र बाहिरबाट पनि धेरथोर सहयोग जुटेको छ । सानै रकम भए पनि सहयोग गरेको अमेरिका बस्दै आउनुभएकी गङ्गा कोइरालाले बताए ।

स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले पनि ती नाकालकलाई रु २५ हजार सहयोग गरेको बताए । सम्पत्तिको नाममा एउटा घरसमेत नभएको ल्वार परिवारलाई साना बालबच्चा हुर्काउन निकै मुस्किल भएको छ ।

विद्यार्थीलाई तातो कपडा वितरण

पछिल्लो समयमा निकै चिसो बढेसँगै सर्वसाधारणले बिहान र बेलुकी निकै सास्ती भोग्दै आएका छन् । एकैचोटी ह्वात्तै चिसो बढेकाले यहाँका बालबालिका, वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

चिसोबाट बच्नका लागि यहाँस्थित बडीमालिका नगरपालिका–७ ढम्कनेस्थित सरस्वती आधारभूत विद्यालयका २०० विद्यार्थीलाई टोपी र मोजा वितरण गरिएको छ । बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायको समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा विद्यार्थीलाई चिसोबाट बच्नका लागि टोपी र मोजा वितरण गरिएको छ ।

अत्यधिक चिसोका कारण विद्यार्थीको पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले विद्यार्थीलाई टोपी र मोजा सहयोग गरिएको वडाध्यक्ष पाध्यायले बताए । चिसोकै कारण विद्यालयमा विद्यार्थी कममात्रामा विद्यालय आउने र आए पनि बीचैमा नपढेर घर फर्किने गरेकामा अहिले तातो कपडा पाएपछि विद्यार्थी नियमित आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धाँमीले बताए ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १४:३८ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...