back
CTIZAN AD

भर्खर अमेरिका पुगेका र जाने तयारीमा रहेका नेपालीहरुलाई सानुबाबुको २२ टिप्स

वि.सं.२०७६ मंसिर २० शुक्रवार

720 

shares

अमेरिकामा व्यवसाय गरेर बसेका सानुबाबु सिलवाल सामाजिक सञ्जालमार्फत अमेरिकामा रहेका नेपालीहरुलाई सुझावहरु दिइरहन्छन् । यसैक्रममा उनले अमेरिका पुगेका र अमेरिका जाने तरखरमा रहेका नेपालीहरुका लागि २२ टिप्स प्रस्तुत गरेका छन् ।

उनले लेखेका छन् :

तपाइहरु जो अमेरिका आउदै हुनुहुन्छ​। जो भर्खरै एयरपोर्टमा हुनुहुन्छ​, प्लेन चढिसक्नु भयो, अमेरिकाको एयरपोर्टमा उत्रिदै हुनुहुन्छ​, उत्रिनु भयो र उत्रेर पनि कसैकोमा, आफन्तकोमा, दलालकोमा, स्पन्सर गर्नेकोमा बसिरहनु भ​एको छ भने तपाइहरुकै लागि सानो टिप्स तयार गरिदिएको छु क्रमश। जसले तपाइको अमेरिका बसाइ सहज बनाउन सकोस​। कम सकस होस भन्ने नै मेरो अभिप्राय हो। धेरैले भन्लान यो त हामिले चाल पाएकै कुरा हो। किन लेखेको होला भन्लान तर तपाइले जान्यो भन्दैमा नया नेपालि दाजुभाइ दिदिबहिनिहरुले जान्छन भन्ने होइन​। तिनै नया दिदिबहिनि दाजुभाइ हरुका निम्तिः-

१) आफन्त, भाइसाथि वा चिनेजानेका मानिस खोज्नुहोस पहिले अमेरिका आउनु पुर्ब​।
२) सोध्नुहोस के के ल्याउनु पर्ला भनेर।
३) सोध्नुहोस के के जानेर आउदा राम्रो हुन्छ​।
४) अङ्रेजि भाषामा कमजोरि भ​ए भाषा क्लास लिनुहोस​। समान्यतया बोलिचालि भाषा जानेर आउनुहोस​।
५) अझै स्पानिस भाषा सिकेर आउदा झन उत्तम​।
६) ड्राइभिङ्ग सिकेर आउनुहोस​। काम लाग्दछ अमेरिकामा।
७) ब्युटि, ह्यान्डि, अड जबका कामहरु सिकेर आउदा झन राम्रो।
८) अमेरिका आइसके पछि आफ्नो बस्ने ब्यबस्था नभ​एसम्म आफन्त वा भाइसाथिसङ्ग बसाइको ब्यबस्था मिलाउनुहोस​।
९) पहिल्लै काम हेरिदेउ भनेर अनुरोध गर्नुहोस​।
१०) अमेरिका आइसके पछि सामान्य बोलिचालि, हाइहेल्लो, थ्याङ्क्यु, वेलकम​, हाउ आर यु, आइ एम फाइन जस्ता शब्द र बाक्यहरु बोल्न सिक्नुहोस​।
११) सोसियल सेक्युरिटि अफिसमा गै सोसियल सेक्युरिटी कार्ड एप्लाइ गर्नुहोस​।
१२) काम खोज्नुहोस​।
१३) काम र श्रम गर्न नलजाउनु होस​।
१४) काम गर्न थालेपछि आफ्नै एपार्टमेन्ट खोज्नुहोस​।
१५) स्थानिय वा भाइसाथिको सहयोगमा स्कुल​, काम र वरिपरिको बाताबरण सिक्नुहोस​।
१६) अमेरिकि डलर​, क्बाटर​, डायम​, निक्कल​, पेनि, १,२,५,१०,२०,५० र १०० का डलर बिलहरु चिन्नुहोस​।
१७) कसरि काम गर्ने, कसरि कर तिर्ने, कसरि बिल तिरनतारन गर्ने त्यो सबै सिक्नुहोस​।
१८) सेलफोन आफ्नै लिनुहोस​।
१९) आइ डि लिनुहोस नजिकैको डिएम भि कार्यालयबाट​।
२०) गाडीको लागि लर्नर पर्मिटको जाच दिने र पास भएमा ड्राइभर लाइसेन्सका लागि ट्रायल दिने।
२१) ड्राइभर लाइसेन्स लिएपछि गाडि सेकेन्ड ह्यान्ड किन्ने।
२२) बस्ने ठाउ भयो, काम रोजगार पनि भयो, स्कुल बच्चाका लागि पनि भयो, गाडि पनि भयो, कमाउन पनि थालियो भनेपछि तपाइ अमेरिकामा सेटल हुने शुर आयो र टिकेर खाने मेसो शुरु भयो भन्दा हुन्छ​।

बेष्ट अफ लक​, गुड लक​। नबुझेमा, थप जान्ने चाहेमा तपाइहरुले जतिसुकै बेला मलाइ फोन​, टेक्स वा सम्पर्क गर्न सक्नुहुनेछ​। तपाइहरुकै हित र सहयोगका निम्ति मेरा कलमहरु जारि छन​।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १४:३२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...